५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी
सोमबार, १६ वैशाख २०७६, ११ : ०९
फेसबुकमा मृतकको संख्या तीब्र रुपमा बढिरहेको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीले एक अध्ययनमा अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ।
युनिभर्सिटीले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको वर्तमान वृद्धिका अनुसार ५० वर्षपछि फेसबुकका वर्तमान २.३ अर्ब प्रयोगकर्तामध्ये कम्तीमा १.४ अर्ब प्रयोगकर्ताको मृत्यु भइसकेको हुनेछ । यति नै बेला फेसबुकमा जीवितभन्दा मृतक बढी हुनेछन् ।’
अनुसन्धानका सह–लेखक डेविड वाटसनले भविष्यमा फेसबुकले इतिहासकारलाई यस्ता व्यक्तिको प्रोफाइल हेर्न छुट दिनुपर्ने बताएका छन् । यसो गरे इतिहासबारे सही जानकारी दिन सक्ने उनले बताए । उनले भने, ‘यस्ता प्रोफाइलको पोस्टले इतिहासकारलाई निकै मद्दत गर्न सक्छ । मानव व्यवहारको योभन्दा राम्रो आर्काइभ कतै हुन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा