ऊर्जा, जलस्रोत र सिँचाइलाई १ खर्ब बजेट, बूढीगण्डकीको निर्माण प्रक्रिया अब नरोकिने
काठमाडौं–सरकारले आगामी आर्थिक बर्षको (२०७६÷०७७) बजेटमा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । यसमा पनि १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण आगामी आर्थिक वर्षदेखि प्राथमिकताका साथ अघि बढ्नेछ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओलीले राष्ट्रिय गौरवका आयोजनालाई आगामी बजेटमा विशेष प्राथमिकता दिइने बताए । उनका अनुसार उर्जा, सिंचाई सम्बन्धी आयोजनालाई बजेटले विशेष प्राथमिकतामा राख्नेछ । यो आयोजना निर्माणमा ढिलाई गर्न नमिल्ने भएकाले प्रक्रिया अघि बढ्ने उनको भनाई छ ।
उनका अनुसार उर्जा, सिंचाइ र जलस्रोतलाई १ खर्ब बजेट छुट्याउन लागिएको छ । बुढीगण्डकी निर्माणका लागि भन्दै पेट्रोलियम करबाट मात्रै अहिले २५ अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।
राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको समितिले बुढीगण्डकी जलविद्युतको निर्माण नेपाल आफैले गर्नुपर्ने सुझाव दिएपछि तत्कालिन शेर बहादुर देउवा सरकारले नेपालले नै आयोजना अघि बढाउने निर्णय लिएको थियो । तर पछि केपी ओलीको सरकारले चिनिया कम्पनीलाई निर्माण गर्न दिने गरी देउवा सरकारको निर्णय उल्ट्याएको थियो । फेरि अहिले बुढीगण्डकी नेपालले नै बनाउँनु पर्ने अवाज उठिरहेको छ ।
योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओलीले कसले बनाउने भन्ने एकिन नभएपनि अब काम नरोकिने गरी प्रक्रिया अघि बढेको बताए । उर्जा र सिंचाइसँग जोडिएका र काम शुरु भएका आयोजना ३ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने गरी आगामी बजेट बिनियोजनको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी