सिराहाका ७ वटा नीजि अस्पताल बन्द गर्न निर्देशन
सिरहा– सिरहामा प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो ।
संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान–४, डिफाईन हस्पिटल केयर प्रा.लि. लहान –३, फेण्डस हस्पिटल लहान ४, कामना नर्सिङ होम लहान ४, सगरमाथा मोडेल हस्पिटल प्रालि गोलबजार –८, चोहर्वा, मा धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैया ६ सहित ८ वटा रहेका छन् ।
त्यसैगरी, आदित्य मेडिकेयर सेन्टर लहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी र सहलेश पोली क्लिनिक मिर्चैयाले नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको छ ।
नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि दुई महिनाको समय दिएपनि अटेर गरेकोले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धि निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन जेठ २२ गते पत्राचार गरिएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।
उनले नियम विपरित सञ्चालनमा रहेका सवै स्वास्थ्य कार्यालयलाई सात दिनभित्र संस्था बन्द गरी जिल्ला प्रशासन कार्यलय र स्वास्थ्य कार्यालयमा जानकारी दिन पत्राचार गरिएको बताए । ‘७ दिनभित्र स्वास्थ्य संस्था बन्द नगरे गैह्रकानूनी रुपमा संस्था सञ्चालन गरेको अभियोगमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ’ कर्णले भने ।
स्वास्थ्य कार्यालय सिरहामा २०७५ भदौ २० गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले नविकरणका लागि २ महिनाको समय तोकेको थियो । यता निजी स्वास्थ्य संस्था सञ्चालकहरुले भने आफूहरुले स्थानीय तहसँग स्वीकृति लिएको र नविकरण गरिरहेको जनाएका छन् । उनीहरुले स्थानीय तहको कार्यविधिअनुसार १५ शैयाको अस्पतालको नविकरण गर्ने अधिकार भएकोले अहिले त्यहीबाटै नविकरण भइरहेको दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण