मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो

मङ्गलबार, २४ साउन २०७४, १७ : ३०
मङ्गलबार, २४ साउन २०७४

कपिलवस्तु –राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेकाबेला ग्रामीण युवा भने व्यवसायीक रुपमा तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । मेहनतअनुसार घरमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने भएपछि ग्रामीण युवामा तरकारी खेतिप्रति मोह जागेको हो । 

जागिर खान राम्रो पठाइ चाहिने तथा विदेश जान समेत लाखौ रकम खर्चनुपरे पनि त्यस अनुसारको कमाइ नभइहेको समयमा यहाँका युवा भने यतिवेला कुखुरा, माछा पालन, तथा मौसमी/ बेमौसमी तरकारी खेतीवाटै स्वरोजगारमूलक व्यवसायमा रमाउन थालेका हुन् । 

ग्रामीण युवा मध्ये उदाहरण बनेका छन् कपिलवस्तु वाणगंगा–७ वनगाईका विष्णु पौडेल र झुङ्गाका भाष्कर पंगेनी । २ वर्ष एउटै विद्यालयमा शिक्षण पेशा अङगालेका यी २ युवा अहिले कलम छाडी कुटो कोदालोमा रमाउन थालेका छन् । 

कलम चलाएर शिक्षा दिएपनि कुटो कोदालो चलाउदा शिक्षा लिइरहेको उनीहरुको भनाइ छ । शिक्षण पेशावाट राम्रो आम्दानी नभएपछि उनीहरु तरकारी खेती तर्फ आकर्षित भएका हुन् । यी २ युवाले वाणगंगा ३ झुँगाका ठाकुर ढकाल र राजमणिको २ विगाहा जमिन वार्षिक ७५ हजार तिर्ने गरी भाडामा लिई ब्यवसायीक तरकारी खेती गर्न सुरु गरेका छन् । 

२०७४ वैशाख पहिलो साताबाट तरकारी खेती गर्न सुरु गरेका विष्णु र भाष्करले अहिले राम्रो उत्पादन गरी विक्री गर्न सुरु गरीसकेका छन् । वोडी, भान्टा, फर्सि, लौका, काक्रा लगाएतका तरकारी उत्पादन गरिहका यी युवाले वैशाखमा १ विगाहा जग्गा मध्ये  १० कट्ठामा लौका, ७ कट्ठामा वोडी, ५ कट्ठामा काक्रा, ४ कट्ठामा भान्टा र ७ कट्ठामा फर्सि लगाएका छन् । 

बारीभरि लटरम्व लौका, घिरौला, भेन्डी, वोडि, काक्रा फलाइरहेका यिनलाई अहिले तकारी टिप्न चटारो पनि उस्तै छ । ४ महिना पुरा नहुँदै तरकारी उत्पादनवाट मनग्गे आम्दानी हुने भएपछि दुवै युवामा हर्षको सीमा बढ्दै गएको छ । 

करिव ८० हजार रुपैयाँवाट सुरु गरेका यी युवाले अहिले आफ्नो तरकारी खेतीमा मासिक १० हजार ज्याला दिएर १ जना सहयोगी समेत राखेका छन् । बजारमा चलेको दर भाउ अनुसार लौका प्रतिकलो २०, वोडि ८०, भान्टा ३०, काक्रा र घिरौला ३५ रुपैयाँका दरले बजारमै पुराइ बिक्रि गर्ने गरेका छन् । खेती सुरु भएको ३ महिनामै १ लाख ५० हजार आम्दानी भएको उनीहरुको भनाइ छ । 

अहिले सम्म ५ लाख लगानी गरेका यी युवाले एक सिजन तरकारीवाटै मनग्गे आम्दानी भएपछि बिदेश जाने सोच भए पनि अव त्यतातिरको सोच वदलिएको उनीहरुको भनाइ छ । 

ब्यवसायीक तरकारी खेती गरी अघि बढ्न चाहेका यी दुई युवा काम गर्ने कामदार नपाएर भने चिन्तित भएका छन् । तरकारी लागाउन समय र कामदार नपाएर १० कठ्ठामा धान बाली लगाएका छन् । राम्रो ज्याला दिने भनेपनि कामदार नपाएपछि भारतवाट मगाउनु परेको उनीहरुको गुनासो छ । 

यी दुई युवाकै जस्तो अहिले कपिलवस्तु जिल्लामा थुप्रैले व्यवसायीक तरकारी खेती सुरु गरेका छन् । जिल्लामा ३ हजार ४ सय ५३ हेक्टरमा तरकारी खेती हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप