तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो
कपिलवस्तु –राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेकाबेला ग्रामीण युवा भने व्यवसायीक रुपमा तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । मेहनतअनुसार घरमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने भएपछि ग्रामीण युवामा तरकारी खेतिप्रति मोह जागेको हो ।
जागिर खान राम्रो पठाइ चाहिने तथा विदेश जान समेत लाखौ रकम खर्चनुपरे पनि त्यस अनुसारको कमाइ नभइहेको समयमा यहाँका युवा भने यतिवेला कुखुरा, माछा पालन, तथा मौसमी/ बेमौसमी तरकारी खेतीवाटै स्वरोजगारमूलक व्यवसायमा रमाउन थालेका हुन् ।
ग्रामीण युवा मध्ये उदाहरण बनेका छन् कपिलवस्तु वाणगंगा–७ वनगाईका विष्णु पौडेल र झुङ्गाका भाष्कर पंगेनी । २ वर्ष एउटै विद्यालयमा शिक्षण पेशा अङगालेका यी २ युवा अहिले कलम छाडी कुटो कोदालोमा रमाउन थालेका छन् ।
कलम चलाएर शिक्षा दिएपनि कुटो कोदालो चलाउदा शिक्षा लिइरहेको उनीहरुको भनाइ छ । शिक्षण पेशावाट राम्रो आम्दानी नभएपछि उनीहरु तरकारी खेती तर्फ आकर्षित भएका हुन् । यी २ युवाले वाणगंगा ३ झुँगाका ठाकुर ढकाल र राजमणिको २ विगाहा जमिन वार्षिक ७५ हजार तिर्ने गरी भाडामा लिई ब्यवसायीक तरकारी खेती गर्न सुरु गरेका छन् ।
२०७४ वैशाख पहिलो साताबाट तरकारी खेती गर्न सुरु गरेका विष्णु र भाष्करले अहिले राम्रो उत्पादन गरी विक्री गर्न सुरु गरीसकेका छन् । वोडी, भान्टा, फर्सि, लौका, काक्रा लगाएतका तरकारी उत्पादन गरिहका यी युवाले वैशाखमा १ विगाहा जग्गा मध्ये १० कट्ठामा लौका, ७ कट्ठामा वोडी, ५ कट्ठामा काक्रा, ४ कट्ठामा भान्टा र ७ कट्ठामा फर्सि लगाएका छन् ।
बारीभरि लटरम्व लौका, घिरौला, भेन्डी, वोडि, काक्रा फलाइरहेका यिनलाई अहिले तकारी टिप्न चटारो पनि उस्तै छ । ४ महिना पुरा नहुँदै तरकारी उत्पादनवाट मनग्गे आम्दानी हुने भएपछि दुवै युवामा हर्षको सीमा बढ्दै गएको छ ।
करिव ८० हजार रुपैयाँवाट सुरु गरेका यी युवाले अहिले आफ्नो तरकारी खेतीमा मासिक १० हजार ज्याला दिएर १ जना सहयोगी समेत राखेका छन् । बजारमा चलेको दर भाउ अनुसार लौका प्रतिकलो २०, वोडि ८०, भान्टा ३०, काक्रा र घिरौला ३५ रुपैयाँका दरले बजारमै पुराइ बिक्रि गर्ने गरेका छन् । खेती सुरु भएको ३ महिनामै १ लाख ५० हजार आम्दानी भएको उनीहरुको भनाइ छ ।
अहिले सम्म ५ लाख लगानी गरेका यी युवाले एक सिजन तरकारीवाटै मनग्गे आम्दानी भएपछि बिदेश जाने सोच भए पनि अव त्यतातिरको सोच वदलिएको उनीहरुको भनाइ छ ।
ब्यवसायीक तरकारी खेती गरी अघि बढ्न चाहेका यी दुई युवा काम गर्ने कामदार नपाएर भने चिन्तित भएका छन् । तरकारी लागाउन समय र कामदार नपाएर १० कठ्ठामा धान बाली लगाएका छन् । राम्रो ज्याला दिने भनेपनि कामदार नपाएपछि भारतवाट मगाउनु परेको उनीहरुको गुनासो छ ।
यी दुई युवाकै जस्तो अहिले कपिलवस्तु जिल्लामा थुप्रैले व्यवसायीक तरकारी खेती सुरु गरेका छन् । जिल्लामा ३ हजार ४ सय ५३ हेक्टरमा तरकारी खेती हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण