समता अस्पतालमा महिलाको 'शंकास्पद' मृत्यु : ताल्चा लगाएको कोठाभित्र झुण्डिएको अवस्थामा शव
काठमाडौँ । एक रुपैयाँमै बिरामीको उपचार गर्ने भनेर चर्चामा आएको राजधानीको वौद्धस्थित समता अस्पतालमा एक कर्मचारीको मृत्यु भएपछि परिवारले निष्पक्ष छानबिनको माग गरेको छ ।
मृतक बिमला तामाङकी श्रीमान् बुद्धिराज योन्जनले घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
‘अस्पतालको ताल्चा लगाएको कोठा खोल्दा श्रीमती झुण्डिरहेको देखेँ । हत्या गरेको हो या होइन भन्ने कुरा मलाई थाहा छैन तर मृत्यु भएको मान्छेको मोबाइल कसरी अस्पताल संचालकको श्रीमतीको हातमा पुग्यो ?’ उनले भने ‘बाहिरबाट ताल्चा लगाएको अस्पतालको कोठाभित्र मान्छे कसरी म¥यो भन्ने कुरामा मलाई शंका लागेको छ । यो निष्पक्ष छानविन हुनुपर्छ । यदि हत्या हो भने दोषीलाई हदैसम्मको कारवाही हुनुपर्छ ।’ उनले अस्पताल प्रशासनले देखाएको व्यवहारले शंका गर्ने आधारहरु प्रशस्त रहेको दाबी गरे ।
अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
रामेछापको दोरम्बा घर भएकी विमला विगत २ महिनायता उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत रहेकी थिइन् ।
यस विषयमा अस्पताल प्रशासनका कुमार बास्तोलाले मृतकका आफन्तले आफूहरुलाई अस्पताल परिसर भित्र जान नदिएको हुँदा कर्मचारी झुण्डिएको हो वा अरु नै कारणले मृत्यु भएको हो भन्ने कुरा यकिन नभएको बताए ।
प्रहरीले पनि घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिनको माग गर्दै अस्पतालमा प्रदर्शन जारी राखेका छन् ।
के भन्छन् मृतकका श्रीमान बुद्धिराज ?
मेरी श्रीमती बिमला हिजो सोमबार सधैँ झै बिहान ७ बजे अस्पताल जानका लागि डेराबाट हिँडेकी थिइन् । अस्पतालका एक कर्मचारीले साँझ ४ बजे विमला दिदी अस्पतालमा हुनुहुन्न भन्दै फोन गरेका थिए ।
कामको व्यस्तताले तत्काल अस्पताल पुग्न सकिनँ । राती ८ बजे अस्पताल पुग्दा त्यहाँ पुग्दा ३ जना कर्मचारी थिए । मलाई अस्पताल संचालनकी श्रीमतीले मेरो श्रीमतीको मोबाइल दिइन् । त्यसपछि त्यहाँ भएका कर्मचारीले मेरो मुखमा हेर्दै मुख अँध्यारो बनाए । सबै कोठामा श्रीमतीलाई खोजेँ । दुई वटा कोठामा भने ताला लगाइएको थियो । ताला लगाएको कोठा मलाई हिजोराती हेर्न दिएनन् ।
म रातको १२ बजेसम्म श्रीमतीको खोजीमा लागिरहेँ । आधा रातसम्म श्रीमतीलाई नभेटेपछि आज बिहान फेरि अस्पताल पुगेँ । अस्पतालको सिसि क्यामेरा हेरेँ । श्रीमती अस्पतालमा आएको क्यामेराले देखायो तर साँझ बाहिर निस्केको देखिएन ।
पक्कै अस्पताल भित्रनै हुनुपर्छ भन्ने ठानेर मैले ताल्चा लगाएको ढोका जबरजस्ती खोले । खोल्दा श्रीमती झुण्डिरहेको देखेँ । हत्या गरेको हो या होइन भन्ने कुरा मलाई थाहा छैन तर मरेको मान्छेको मोबाईल कसरी अस्पताल संचालकको श्रीमतीको हातमा पुग्यो ? बाहिर ताल्चा लगाएको ढोकामा भित्र मान्छे कसरी म¥यो भन्ने कुरामा मलाई शंका लागेको छ । यसमा निश्पक्ष छानविन हुनुपर्छ । यदि हत्या हो भने दोषीलाई हदैसम्मको कारवाही हुनुपर्छ ।
योञ्जनका अनुसार विमलाले समतामा क्लिनरको काम सुरु गरेको असार ११ गते दुई महिना पुग्छ । मासिक ८ देखि १० हजार रुपैयाँ तलब दिने आस्वासनमा काम लगाइएपनि हालसम्म तलब भने नदिइएको योञ्जनको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण