नेपाल र मलेसियाबीचको श्रम सम्झौता कार्यान्वयनमा जोड
बिहीबार, ०५ असार २०७६, १२ : १९
काठमाडौं–नेपाल र मलेसियाबीच भएको श्रम समझदारीलाई कार्यान्वयनमा लैजान नेपाल सरकारले जोड दिएको छ ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्वीटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँगको भेटवार्ताका क्रममा श्रम समझदारीलाई कार्यान्वयनमा लैजान जोड दिएका हुन् ।
नेपालको प्रतिनिधि मण्डलमा रहेका मन्त्रालयका सहसचिव राम प्रसाद घिमिरेले नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरि छलफल केन्द्रित रहेको जानकारी दिए ।
त्यसका लागि एक महिनाभित्रै दुवै देशको संयुक्त प्राविधिक समिततिको बैठक बस्ने समझदारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण