यौन उत्पीडनको आरोप लगाउने महिला मेरो ‘टाइप’की होइनः ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडनको आरोप एकपटक पुनः खारेज गरेका छन् ।
हालै ७५ वर्षकी स्तम्भकार ए. जोन क्यारोलले सन् १९९० मा ट्रम्पले न्यूयोर्कको डिपार्टमेन्ट स्टोरमा उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएका थिए । ट्रम्पले ‘उनी शत प्रतिशत झुटो बोलिरहेको’ बताएका छन् ।
ट्रम्पले भने, ‘म सम्मानकाम साथ आफ्नो कुरा भन्न चाहन्छु । पहिलो त उनी मेरो टाइपकी होइन । दोस्रो, उनले जे भनिरहेकी छिन्, तयो कहिले पनि भएको छैन । ठिक छ ?’

Photo: GETTY IMAGES
शुक्रबार न्यूयोर्क म्यागजिनमार्फत क्यारोलले अमेरिकी राष्ट्रपतिमाथि आरोप लगाएकी थिइन् ।
राष्ट्रपतिको स्पष्टिकरणमाथि सीएनएनसँगको कुराकानीमा क्यारोलले भनिन्, ‘यो राम्रो हो कि म उनको टाइपकी छैन ।’
यसअघिका अन्तरवार्तामा क्यारोलले आफू ट्रम्पविरुद्ध अदालतसम्म जानेबारे पनि विचार गरिरहेको बताएकी थिइन् ।
यो पनि पढ्नुहोस्ः
लेखिकाको आरोप, ‘ट्रम्पले स्टोरको ड्रेसिङ रुममा यौन शोषण गरेका थिए,’ राष्ट्रपतिले दिए यस्तो जवाफ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण