सर्वोच्चमा पूर्वआईजीपी चन्दको २ घण्टा, सर्वोच्चमा पाएनन् स्यालुट, जेलमा पाए (भिडियो/फोटो)
काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरीले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमपर्ण गरेका छन् । आत्मसमपर्ण गरेसँगै चन्द डिल्लीबजार कारागार चलान भएका छन् ।
सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल सजाय सुनाइएका चन्द आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका हुन् ।
दिउँसो ४ बजे आफ्नो प्राइभेट गाडीमा अदालत पुगेका चन्दलाई सर्वोच्च अदालतको गेटमा खटिएका प्रहरीले वास्तै गरेनन् मात्र होइन स्यालुट समेत गरेनन् ।

चन्द २ घण्टासम्म सर्वोच्च अदालत परिसरमा रहे । सर्वोच्च अदालत परिसरमा रहँदा चन्द कहिले भित्र त कहिले बाहिर आउँदै फोनमा व्यस्त रहे ।
प्रहरीको भ्यानको स्कर्टिङसहित सर्वोच्च अदालतबाट डिल्लीबजार कारागार पुर्याइएका चन्दलाई डिल्लीबजार कारागारमा खटिएका प्रहरीले भने स्यालुट गरेका थिए ।
दुई बर्ष अघि अर्थात २०७४ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित ९ जनालाई जेल सजायको फैसला सुनाएको थियो ।
फैसलाले सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी) लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहर गरेको थियो । फैसलामा ठकुरीसहित पूर्वआईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणालगायतलाई जेल सजाय सुनाएको थियो ।

सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसवेला तीन पूर्वआईजीपी र ठेकेदारसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेषले यो भ्रष्टाचार प्रकरणमा गरेको फैसला चित्त नबुझेपछि अख्तियारले पुन सर्वोच्चमा पुनरावेदन गरेको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण