कलंकी डुवानमा उद्दार गर्दा जे देखियो (फोटोफिचर)
काठमाडौं– अविरल वर्षासँगै कलंकीमा रहेको मालपोत कार्यालय, नेपाल प्रहरी र ट्राफिक प्रहरीको कार्यालय आसपास क्षेत्रबाट ५० जनाभन्दा बढीको रेक्स्यू गरिएको छ ।
कलंकी खसीबजार भएर बग्ने मनमती खोलाले सो कार्यालय आसपासका घरमा पसेको पानीको कारण अलपत्र परेका ५० बढिको रेस्क्यू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

अलपत्र परेका उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थनाीयको सहयोगमा उद्दार गरिएको हो । उद्दार गर्दा डुङ्गाको पनि प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी परेको छ ।

थानकोटबाट बग्दै आएको मनमती खोलाले उपत्यकामा सबैभन्दा बढि क्षति पुर्याएको प्रहरीको भनाई छ । मनमति खोलाले कलंकी आसपास क्षेत्रमा ठूलो क्षति गरेको प्रहरीले जनाएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण