२४ घण्टादेखि कमला नदिमा फसेका ६० वर्षीय मुखियाको यसरी गरियो उद्दार
सिरहा-सिरहास्थत कमला नदीमा २४ घण्टाभन्दा बडी समयदेखि फसेका कर्जन्हा नगरपालिका २ का बेचु मुखियालाई नेपाली सेनाले आज साँझ उद्धार गरेको छ । पानीको सतह कम भएपछि धनुषातर्फ ब्यारेज नजिकबाट लाईफ ज्याकेट लगाएर पसेका नेपाली सेनाको उद्धार टोलीले कर्जन्हा ३ बन्दिपुरका ६० वर्षीय बेचु मुखियालाई उद्धार गरेको हो ।
नेपाली सेना उनको उद्धारको लागि विहान ८ बजेदेखि नै खटिएको भएपनि पानीको सतह धेरै भएकोले उद्धारमा समस्या भएको श्री सेरगण चोहर्वाले जनाएको छ । उद्धार गरिएका मुखियालाई वडाअध्यक्षको जिम्मा लगाएको जनाएको छ ।
उनले कमला नदीको बीचमा रहेको पर्ति जमिनमा खेतिपाती गर्दै आएका थिए । त्यही खेती हेर्न विहिवार विहानै गएका उनी बाढीमा फसेका थिए । उनले शुक्रवार विहान बाढी बढेपछि खयरको रुखमा चढेर ज्यान जोगाएका थिए ।
कमला नददीको मध्य भागमा गाई गोठ बनाएर बसेका कल्याणपुर ६ निर्दजनामा फेसकाहरुको अझै उद्धार हुन सकेको छैन । उद्धारमा खटिएकाहरुले कोसिस जारी राखिएको जनाएका छन् । फसेकाहरुका उद्धारको लागि काठमाडौंमा हेलीकोप्टर तयारीमा रहेको भएपनि मौसमका कारण आउन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनाए । उनले सवै निकायसँग समन्वय गरेर उद्धारको प्रयास भइरहेको उनले बताए । तर, अत्यधिक बाढीका कारण उनीहरुको उद्धारमा समस्या आइरहेको समेत उनले जनाए ।
फसेकाहरुमा कल्याणपुर नपा ६ निर्दनाका रसिन्द्र दास ५०, सुकदेव दास ५५, कन्चन मण्डल ५०, कुनमा महतो ५० र उनकी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले उद्धारका लागि सवै निकायसँग समन्वय भइरहेको जनाएको छ । उनीहरुसँग अरु पनि हुनसक्ने जनाईएको छ । हिजो बेलुका नै गएका उनीहरु राती बाढी बढेपछि कमला नदीको मध्यभागको टापुमा फसेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा