रौतहट सदरमुकाम गौर डुब्यो, जिल्लाको अवस्था बेहाल (फोटोफिचर)
रौतहट–अविरल वर्षाका कारण रौतहट सदरमुकाम गौर नै डुबानको चपेटामा परेको छ । भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा गौरनै डुबानमा परेको हो ।
भारतीय पक्षले विपतको बेला पनि मानवियता नदेखाएको भन्दै स्थानीयले विरोध गरेका छन् । यस्तै सामाजिक सञ्जालमा भारतीय पक्षको विरोधमा टिप्पणी समेत भइरहेका छन् ।
रातोपाटीकर्मी सञ्जय मिश्रका अनुसार गौरमा वर्षाले १० फिट बढी गहिराइको ताल बनेको छ भने सरकारी कार्यालय र निजी घरमा पानी पसेको छ।
मानिसहरु घरको छतमा त्रासपूर्ण अवस्थामा बसिरहेका छन् । अहिले पनि वर्षा भइरहेकाले जनजीवन थप कष्टकर बनेको छ ।
यस्तै जिल्लाको औरैया, बनजरहा, बर्हमपुरी, ईनरवा, टिकुलीआ, गढवा, रजवाडासहित बागमती किनारका दर्जन बढी गाउँ पनि डुवानमा परेका छन् ।
यस्तै कटहरिआ ४ हर्षाहा, लछमिनिया, बहादुरपुर, बलुआ, इनर्वा, लगाउअतका गाउँ पनि डुबानमा परेका छन् ।
सो ठाउँमा करीब ५०० परिवार ३ हजार जना प्रभावित बनेको बताइएको छ ।
यता बृन्दाबन नगरपालिका बलेरिखोरका ११ परिवारका २६ जना प्रभावित बनेका छन् ।
गौर, चन्द्रपुर ,कटहरिया सडकखण्ड बाहेक सबै सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
अहिले स्थानीय प्रशासनको पहलमा सुरक्षाकर्मीको टोली रबर बोट लिएर डुबान क्षेत्रमा जान लागेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
घरघरमा पानी जमेर अन्न, लत्ताकपडा, पसलका सामान गरि करोडौंको क्षति भएको अनुमान गरिएपनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण