गयो बाढी पीडा दिएर : डुबानको भोलिपल्ट कलंकी क्षेत्रमा जे देखियो (फोटोकथा)
काठमाडौँ । बिहीबार साँझदेखि परेको भारी वर्षाका कारण काठमाडौँको कलंकी क्षेत्र पनि डुबान पर्यो ।
वर्षापछि स्थानीय बल्लु खोलाको बाढी बस्तीमा पस्दा शुक्रबार कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुबानमा परेको थियो । यस्तै खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी बस्न पुग्दा जनजीवन प्रभावित बन्न पुग्यो ।
शुक्रबार बस्तीमा बाढी पस्दा तनावमा रहेका प्रभावित शनिबार बिहानदेखि पानी पर्न रोकिएपछि भने सरसफाइमा जुट्दै थिए । रातोपाटीकर्मी पुग्दा कलंकी पेट्रोल पम्प नजिकका व्यापारी आफ्नो पसलमा पसेको हिलो र पानी बाहिर बाल्टीको सहायतामा निकाल्दै थिए । उनीहरुले बाढी पस्दा सामानहरु काम नलाग्नेगरी क्षति भएको गुनासो गरिरहेका सुनिन्थ्यो ।
यस्तै ओढ्ने ओछ्याउने सामान, भाडाबर्तन लगायतका दैनिक जीवनयापनमा आवश्यक पर्ने सरसामन जोडजाममा पनि पीडितहरु व्यस्त देखिन्थे ।
कलंकीमा कोठा गरेर बस्ने धादिङकी शान्ति तामाङले ओढ्ने ओछ्याउने समेत भिज्न पुग्दा निकै पीडामा रहेको बताइन् ।
राजधानीमा यसरी बाढी पसेर डुवानको समस्या आउँदा कतिपयले अव्यवस्थित शहरीकरण मुख्य कारक रहेको बताएका छन् ।
अविरल वर्षाका कारण काठमाडौंमा मात्रै ३ जनाको मृत्यु भएको छ भने नदी तटीय क्षेत्रका बासिन्दा अझैं त्रासमा रहेका छन् ।



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण