मेयर कुश्वाहामाथि दुर्व्यवहार
रौतहट– खेतबाट पानीको निकास बनाउने बहानामा जथाभावी बाटो कटान रोक्न जाँदा कटहरिया नगरप्रमुख सियाराम कुश्वाहालाई दुर्व्यवहार गरिएको छ । जंगलसैया गर्जाघाट सडकखण्डको जथाभावी कटान रोक्न गएका मेयर कुश्वाहा माथि स्थानिय केही मानिसले दुर्व्यवहार गरेका हुन् ।
दुर्व्यवहार गर्नेहरुमा कटहरिया १ का राजकुमार महतो, रामाज्ञा महतो, धुपलाल महतो र उनका घर परिवारका झण्डै एक दर्जन मानिस रहेको मेयर कुश्वाहाले बताए । आइतवार उनी अपरान्ह नगरक्षेत्र निरीक्षणको क्रममा जंगलसैया चौकदेखी गर्जाघाट लालबकैया नदीको पुलतर्फ जाँदै थिए ।
जंगलसैया र गर्जाघाट पुलको बीचमा रहेको मुख्य बाटोमा केही मानिस वारपार हुनेगरी कोदालोले खाल्डो खन्दै थिए । जीपबाट झरेर जथाभावी बाटो नखन्न आग्रह गरेपछि उक्त समूहले दुर्व्यवहार गरेको उनले बताए ।
अबिरल बर्षा र बाढीपछि कटहरिया क्षेत्रमा केही मानिसले जथाभावी बाटो खनेर दूर्घटनाको जोखिम बढाइरहेकाले त्यस्ता प्रवृत्तिका मानिसलाई कानुनी कार्वाहीको दायरामा ल्याउन कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले स्थानिय प्रशासनसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण