साउनको रमझम : हरियो चुरा, हरियै मेहेन्दी !
काठमाडौं– राजधानीको असन–इन्द्रचोक क्षेत्र यसैपनि ग्राहकहरुको भीडभाड हुन्छ । त्यसमाथि साउनमा महिलाहरुमा रहेको हरिया–पहेँला चुरा–पोतेको क्रेजले गर्दा यो क्षेत्रमा थप भीडभाड देखिन्छ ।
साउन लागेसँगै इन्द्रचोक र असनका गल्लीहरुमा रहेका चुरा–पोते व्यापारीहरुलाई अहिले भ्याइनभ्याई छ । उनीहरु विगतको तुलनामा साउनमा व्यापार राम्रो हुने बताउँछन् ।
साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग हुन्छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ ।
पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्त्वका रूपमा लिइन्छ ।
साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।
त्यस्तै, मेहेन्दीले हात रङ्ग्याउनेको पनि भीड उत्तिकै छ । साउन महिनामा हात आकर्षक डिजाइनमा मेहेन्दी लगाउनेहरुको संख्या पनि बढिरहेको छ ।
हेरौँ केही तस्विरहरु :














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण