मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासकलगायत कर्मचारीको समायोजन विवरण सार्वजनिक
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासक लगायत ४ क्षेत्रका कर्मचारीको समायोजन विवरण सार्वजनिक गरेको छ ।
आज मन्त्रालयले सार्वजनिक गरेको समायोजन विवरणमा मेडिकल रेकर्डर निरीक्षक अन्तर्गत वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक÷मेडिकल रेकर्डर निरीक्षक÷मेडिकल रेकर्डर सुपरभाइजर ५, ६ र ७ औँ तहका कर्मचारीको विवरण सार्वजनिक गरेको छ । ३ पदका देशभर ४६ जना कर्मचारीलाई समायोजनमा समेटिएको छ ।
यस्तै वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ÷कन्सलटेन्ट आयुर्वेद विज्ञ ९÷१० औ तहका कर्मचारीको पनि मन्त्रालयले विवरण सार्वजनिक गरेको हो । यसअन्तर्गत १३ जना कर्मचारीको नाम सार्वजनिक गरिएको छ ।
कम्यूनिटि नर्सिङ प्रशासक ९ र १० औ तहको अन्तर्गत १ जना रहेका छन् । जसलाई संघ अन्तर्गत नै राखिएको छ ।
वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ÷अस्पताल नर्सिङ प्रशासक अन्तर्गतको ९ र १० औ तहका कर्मचारीहरुको पनि समायोजन विवरण सार्वजनिक गरिएको छ । यस पदमा १४ जना कर्मचारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु