तस्बिरमा हेर्नुहोस् हिमालय क्षेत्रकै ठूलो साइकल यात्रा ‘काठमाडौं कोरा’
काठमाडौं । हरेक वर्षझैं यसवर्ष पनि साइकल यात्रीहरुले ‘काठमाडौं कोरा’को आयोजना गरेका छन् । प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबार काठमाडौं कोरा हुँदै आएको छ ।
‘काठमाडौं कोरा’को नामले परिचित साइकल यात्रामा काठमाण्डौ उपत्यका वरपर ५० किमी, ७५ किमी अथवा १०० किमीको साइकल यात्रा गर्न सकिन्छ ।
यो साइकल यात्रा पहिलो पटक सन् २०११ मा सुरु हँदा यसमा जम्मा ३५ जना मात्र सहभागी थिए । २०१९ को संस्करणसम्म आइपुग्दा यो हिमालय क्षेत्रमा हुने ठूलो साइकल यात्रा बनेको छ ।
लगभग ३ हजारभन्दा बढी साइकल यात्री यस वर्षको ‘काठमाण्डौं कोरा’ साइकल यात्रामा सहभागी भएको आयोजकले बताएको छ ।
साइकल यात्रामा सहभागीता निशुल्क भए पनि यसमा सहभागी भएकाहरुले प्रत्येक एक किमी दुरी बराबर १०० रुपैया जम्मा गर्नुपर्ने चुनौती स्वीकार्छन् ।
यसरी संकलित हुने रकम सामाजिक कार्यमा खर्चिने गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण