केराका विरुवाबाट ९० लाखको कारोबार
नवलपरासी– नवलपरासीमा केराका ४ लाख विरुवा उत्पादन गरि ९० लाख रुपैयाँको कारोबार भएको छ । तीन महिना लगाएर उत्पादन गरिएका केराका विरुवाको विक्रि वितरणबाट ९० लाख रुपैयाँको कारोबार गरिएको हो । जसमध्ये करिब १० लाख रुपैयाँ फाइदा भएको बताइएको छ ।
जिल्लाको गण्डक कमाण्ड क्षेत्र अन्तर्गत प्रतापपुर गाउँपालिको कठहवाँ गाउँमा जय किसान फलफुल एवं केरा विरुवा नर्सरी उद्योग स्थापना गरि केराका विभिन्न प्रजातीका विरुवाहरु उत्पादन गरिदै आएको छ । केरा नर्सरीबाट उत्पादन गरिएका विरुवा लिन नेपालका विभिन्न क्षेत्रका किसानहरु आउने गरेको नर्सरी उद्योगका संचालक उत्रिचन्द राजभरले बताए ।
उनले भने, '३ कठ्ठा क्षेत्रफलमा गरिएको केरा नर्सरी नेपालकै ठुलो नर्सरी मध्येको एक हो । नर्सरीमा टिस्यु कल्चर, जि नाईन, मालभोग, हरिछाल, भिम प्लस लगायत हाईव्रिड जातका विरुवाहरु उत्पादन गर्ने गरिएको छ ।'
विरुवा उत्पादन गर्दा प्लास्टिको सानो झोलमामा केराको बिउ राख्ने गरिन्छ जुन २० दिनदेखि २३ दिन भित्र रोप्नका लागि तयार हुने गर्दछ । भारतको बैंग्लौर र तामिलनाडुबाट प्रति बिउ रु १५ का दरले ६६ लाखको बिउ किनिएको र उत्पादित बिरुवा प्रतिगोटा रु २३ रुपैयाँको दरले बिक्रि भईरहेको नर्सरी उद्योगले जनाएको छ ।
केराको पकेट क्षेत्रको रुपमा चिनिने नवलपरासीमा कुल ७ सय ९० हेक्टेयर क्षेत्रफलमा केरा खेती पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण