बोल बम ! बोल बम !!
काठमाडौँ । हिन्दु धर्म अनुसार साउन महिनालाई शिवको महिनाका रुपमा लिइने गरिन्छ । त्यही भएर साउन महिनामा शिवमुर्ति रहेका स्थानहरुमा पूजा आरधाना गर्ने र शिवलाई शुद्ध जल चढाउने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
विशेषगरी साउनको सोमबार विभिन्न स्थानबाट काठमाडौ आएर सुन्दरीजलको पानी पशुपतिमा चढाउने बोलबम तिर्थयात्रीको घुइँचो लाग्ने गरेको छ ।
यो वर्ष पनि शिवलाई शुद्ध जल चढाउन साउनको पहिलो सोमबारदेखि नै भक्तजनहरु सुन्दरीजलको पानी पशुपतिमा चढाउन सुन्दरीजल पुग्नेहरु उल्लेख्य भेटिएका छन् ।साउनको तेस्रो सोमबार आज पनि शुद्ध जल लिन भक्तजनहरु बिहानै सुन्दरीजलमा पुगेका थिए । सुन्दरीजल वागमती नदीको शिर भएका र त्यहाँको जल पवित्र मानेर पशुपतिमा चढाउने गरिन्छ ।
जल लिन सुन्दरीजल पुगेका भक्तजनहरु नुहाएर जल बोकेर बोलबम भन्दै कोही खाली खुट्टा त कोही सवारी साधनमा पशुपतिसम्म आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण