अवैध रुपमा सञ्चालित पोलिक्लिनिकमा अनुगमन टोली पुगेपछि सञ्चालकहरुको भागाभाग
सिरहा– जनस्वास्थ्य कार्यालय सिरहाले निजी स्तरमा जिल्लाका विभिन्न ठाउँमा अवैध रुपले संचालित पोलिक्लिनिकहरुको आकस्मिक अनुगमन गरेको छ । कार्यालयले लहान क्षेत्रका क्लिनकहरुको आकस्मिक अनुगमन गरेको हो । स्वास्थ्य कार्यालयले २१ जेठयता अवैध रुपले सञ्चालित आठ अस्पतालसहित १४ वटा पोलिक्लिनिकहरुलाई संस्था बन्द गरेर जानकारी गराउन सातदिने पत्र काटेको करिब दुई महिनापछि लहान नगर क्षेत्रमा रहेका पाँचवटा पोलिक्लिनिकहरुको आकस्मिक अनुगमन गरेको हो ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमल राजभण्डारी, स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा.नागेन्द्रप्रसाद यादव, प्रशासन प्रमुख उमेशलाल कर्ण, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको टोलीले लहान १ मा सञ्चालित लिलामदन पोलिक्लिनिक, लहान ३ स्थित हिमालय डेण्टल क्लिनिक, शिवोदेव हेल्थकेयर बन्द गराएको छ ।
अनुगमन टोली आएको थाहा पाएपछि सटर बन्द गरेर सञ्चालकहरु फरार भएका थिए । अनुगमन टोलीमा रहेका स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा.नागेन्द्रप्रसाद यादवका अनुसार स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० (संशोधनसहित) अनुसार सञ्चालन स्वीकृति लिएका अस्पातल तथा पोलिक्लिनिकहरुको पुनः दर्ता र नवीकरणको म्याद समाप्त भएकाले बन्द गर्न पत्राचार गरिएको भएपनि अटेर गरेपछि अनुगमन गरिएको हो ।
‘अस्पताल तथा पोलिक्लिनिकहरुको नविकरण म्याद समाप्त भएर नविकरणका लागि पुनः दर्ताका लागि दिइएको म्याद समेत गुज्रेपछि बन्द गर्ने निर्देशनसहितको पत्र काटेका थियाौं’ प्रमुख डा.यादवले भने ‘उक्त पत्रको पनि बेवास्ता गरिएपछि अनुगमन गरी सात दिनभित्र स्वास्थ्य कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौं ।’
अनुगमन टोलीले लिलामदन पोलिक्लिनिक, सेराज पोलिक्लिनिक, हिमाल डेण्टल क्लिनिक, त्रिशक्ति हेल्थ केयर र शिवोदेव चाइल्ड हेल्थ केयरको अनुगमन गरेको हो । ‘अनुगमन गरिएकामध्ये कतिपयको दर्ता नविकरण नरहेको र कतिपयले स्वीकृति पाएका बाहेकका सेवा पनि सञ्चालन गरेकाले सेवा बन्द गरी सात दिनभित्र कागजातसहित स्वास्थ्य कार्यालयमा हाजिर हुन निर्देशन दिएका छौं’ इलाका प्रशासन प्रमुख राजभण्डारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण