'ब्याक डोर'बाट अदालत लगियो रवि लामिछानेलाई
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।
उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो ।
लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् भने कार्की कलंकीबाट पक्राउ परेकी हुन् । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण