'ब्याक डोर'बाट अदालत लगियो रवि लामिछानेलाई

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।
उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो ।
लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् भने कार्की कलंकीबाट पक्राउ परेकी हुन् । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयबाट हुने काममा ‘कुनैपनि बहाना’मा कमजोरी भएको छैन : कृषिमन्त्री
-
एक महिनापछि राइड सेयरिङ लागू हुन्छ : मुख्यमन्त्री पाण्डे
-
‘लाज शरणम्’ टिमले गर्यो विद्यालयलाई सहयोग
-
विद्युत् काट्नुअघि पूर्व सूचना दिन मागसहित उच्च अदालत पाटनमा रिट
-
सडक विस्तारका क्रममा १४ वर्षदेखि रोकिएको जग्गाको मुआब्जा दिने विषयमा छलफल
-
सीसी क्यामेरा बन्द गरी डिजेल चोर्ने आयल निगमका कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा