शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, असइसहित ५ प्रहरी घाइते

शुक्रबार, ३१ साउन २०७६, १९ : ५१
शुक्रबार, ३१ साउन २०७६

काठमाडौं– चितवनमा पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ ।  शुक्रबार साँझ पत्रकार लामिछाने समर्थक भीडले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेपछि दुई पक्षबीच झडप भएको हो ।

झडपमा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । साँझ आएको ठूलो भीडले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको छ ।

बिहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउ परेपछि उनका समर्थकले शुक्रबार दिनभर चितवनमा विरोध प्रदर्शन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप