चितवनमा पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, असइसहित ५ प्रहरी घाइते
शुक्रबार, ३१ साउन २०७६, १९ : ५१
काठमाडौं– चितवनमा पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । शुक्रबार साँझ पत्रकार लामिछाने समर्थक भीडले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेपछि दुई पक्षबीच झडप भएको हो ।
झडपमा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । साँझ आएको ठूलो भीडले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको छ ।
बिहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउ परेपछि उनका समर्थकले शुक्रबार दिनभर चितवनमा विरोध प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण