शान्ति कायम गर्न भन्दै भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, ०३ भदौ २०७६, १५ : ४७
काठमाडौँ– पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको तनाव र गोलावारीका घटनाको विरोधमा काठमाडौँस्थित लैनचौर र महाराजगञ्जमा दुई देशको दूतावास अगाडि प्रदर्शन भएको छ ।
मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित भारतीय दूतावास र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो ।
दुई देशवीच तनाव बढ्दै गए दक्षिण एशियाकै शान्ति भङ्ग हुने र त्यसले विश्व शान्ति नै खल्वलिने भएकाले संवादमार्फत अघि बढ्न दवाव दिन प्रदर्शन गरेको समाजले जनाएको छ ।
प्रदर्शनकारीले द्वन्द्व रोकेर शान्ति कायम गर्न माग गरिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
समाजले यस्तो बेला ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एशियाली सहयोग संगठन सार्क मौन रहनु दुर्भाग्य भएको समाजले जनाएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण