भारतीय विदेशमन्त्री एस जयशंकर नेपालमा
काठमाडौं । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आइपुगेका छन् ।
भारतीय विदेशमन्त्री बनेपछि उनी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।
नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक बिहीबारसम्म चल्नेछ ।
आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।
बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा पनि छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो ।
यसैबीच जयशंकरले आजै २ बजे प्रधानामन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले आजै बुधबार साँझ रात्रीभोजको आयोजना गरेका छन् ।
उनले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण