कुमारी बैंक र ललितपुर वाणिज्य संघ पदयात्रामा
काठमाडौं– भिजिट नेपाल २०२० लाई सफल पार्न कुमारी बैंक र ललितपुर वाणिज्य संघ पदयात्रामा निस्किएका छन् ।
कुमारी बैंक लिमिटेडले भिजिट नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसार गर्ने अभिप्रायका साथ करिब १९ कि.मि.को वार्मअप–वाल्कर्थन कार्यक्रमको आयोजक ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेको हो ।
कुमारी बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्रा कार्यक्रमबाट संकलित रकम भूकम्पले क्षतबिक्षत् भएको भीमसेन मन्दिर पुनर्निर्माण कार्यमा लगाईने पनि जनाइएको छ ।
पत्रकार सम्मेलनमार्फत बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले पदयात्रामा सहभागिता जनाउनेहरूका लागि टि–सर्ट बाढ्न ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनलाई हस्तान्तरण गरे । सो कार्यक्रम ललितपुर पर्यटन क्षेत्र विकासका लागि कोसेढुंगा सावित हुनेमा वाणिज्य संघ विश्वस्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : अघिल्लो सिजनको फाइनलपछि अहमदाबादमा पहिलो पटक भिड्दै चेन्नई र गुजरात
-
संसद्मा रविलाई बोल्न दिएर अवरोध कायमै राख्नुपर्छ : गगन थापा
-
लुम्बिनीको बेथरी पुल एक दशकदेखि अलपत्र, ठेकेदार परिवर्तन गरे पनि काम उस्तै
-
दलितका मानवअधिकार परिपूर्ति गर्न विफल : एम्नेस्टी इन्टरनेसनल
-
माओवादी केन्द्रको विशेष महाधिवेशन अझै अनिश्चित, विधान कार्यान्वयनमा समस्या
-
सात दिनसम्म कहाँ थिइन् स्नेहा ?