भारतले सीमामा बाँध निर्माण गर्नुु अन्तर्राष्ट्रिय मान्यता विपरितः प्रभू साह
रौतहट–दशगजा क्षेत्रमा भारतले निर्माण गर्न लागेको बाँध अन्तर्राष्ट्रिय मान्यता विपरित रहेको नेकपा प्रदेश २ का अध्यक्ष तथा पूर्वमन्त्री प्रभू साहले टिप्पणी गरेका छन् ।
भारतले रौतहटस्थित दशगजा क्षेत्रमा बाँध निर्माण गर्न थालेपछि साहले यस्तो बताएका हुन् । उनले सरकारले यसबारे कुटनीतिक पहल गरेर निर्माणकार्य अविलम्ब रोक्नुपर्नेमा पनि जोड दिएका छन् ।
पछिलो समय दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको बाँधकै कारण नेपाली भूभाग डुुबानमा पर्दै आएकाले थप पीडामा पार्नेगरी भएका त्यस्ता कार्य सह्य हुन नसक्ने सांसद साहको भनाई रहेको छ ।
यसअघि शुक्रवार रौतहटका जिल्ला सुरक्षा समितिका अध्यक्ष सिडिओ किरण कुमार थापाका साथै उच्च ओहदाका नेपालीसुरक्षा अधिकारीले रौतहटको डुबान क्षेत्र तथा भारतीय पक्षले एकतर्फी निर्माण गरेको बाँधको स्थलगत निरीक्षण गरेको थियो ।
लालबकैया नदीको पश्चिमी बाँधलाई जोडेर २०६६ सालमा निर्माण पूरा गरेको तीन किलोमिटर १५ फिट उचाई बाँधकै कारण सिमावर्ती ईशनाथ नगरपालिका डुबानमा पर्नेगरेको सिडिओ थापाले जानकारी गराएका थिए ।
डुबानको कारण बर्षेनी करोडौंको क्षति हुनुका साथै कैयौं नेपालीको डुबेर ज्यान गइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ