रवि लामिछाने आज पनि हिरासतमै रहने
आइतबार, ०८ भदौ २०७६, १७ : ४६
काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज पनि हिरासतमै पठाइएको छ ।
जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा आज अस्मिता कार्कीको बयान सकिएको छ । लामिछाने र कँडेलसँग भोली बिहान बयान लिइने भएको छ । लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो ।
प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा