किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटल बीच संस्थागत सहकार्य हुने
काठमाडौं– किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटलका बीच आफ्ना ग्राहक, शेयरधनी र कर्मचारी वर्गलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षिय संस्थागत सहकार्यको लागी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अनुसार केसिएल अस्ट्युट क्यापिटलले किताब यात्राका ग्राहक, शेयरधनी र कर्मचारीलाई लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्क (Annual Management Fee on Portfolio Management Servicee) मा ३३ प्रतिशत छुट प्रदान गर्ने छ भने किताब यात्राले केसिएल अस्ट्युट क्यापिटलका ग्राहक, शेयरधनी र कर्मचारीलाई विभिन्न विधाका किताब खरिदमा ५ प्रतिशत छुट प्रदान गर्नेछ ।
उक्त समारोहमा किताब यात्राका प्रमुख कार्यकारी अधिकृत ऋषि राम अधिकारी र वित्त तथा कानून सल्लाहकार सन्तोष ज्ञवाली र केसिएल अस्ट्युट क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र प्रमुख संचालन अधिकृत अशोक सुवेदीले हस्ताक्षर गरे ।
‘अब यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनामा लागेको किताब यात्राले अनलाइबाटै स्वदेश तथा विदेशमा सोझै खरिद गर्न सकिने प्ल्याटफर्म निर्माण गरेको हो ।
अन्य देशमा व्यापक रूपमा यो संस्कृतिको विकास भएता पनि नेपाली बजारमा धेरै कम मात्रामा पुस्तकको अनलाइन व्यापार भएको पाइन्छ । किताब यात्राले नेपाली साहित्यको विकाससँगै नेपाली पाठकलाई लक्षित गरी यो काम सुरु गरेको छ ।
केसिएल अस्ट्युट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) हो । यस संस्थाले नेपालको पूँजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पूँजी बजारबारे जानकारी नभएका साथै नेपालको पूँजी बजारबाट हुने फाइदाबारे जानकार रहेका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन दिँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण