मनसुनको साथी – छाता
मनसुन यस्तो सिजन हो जसमा घाम र पानीको कुनै ठेगान हुँदैन । कतिबेला पानी दर्कन्छ र घाम चर्कन्छ, त्यसको अत्तोपत्तो हुँदैन । मज्जाले घाम लागेको देखेपछि घरबाट निस्किएका मानिसहरु बीच बाटोमै निथ्रुक्कै भिज्न सक्छन् । यस्ता भोग्ने मानिसहरुलाई कम्ता रिस उठ्दैन ।
घर बसेका बेला झ्यालबाट पानी परेको दृश्य हेर्दा कसलाई आनन्द नलाग्ला तर बाहिर हिँडेकालाई लाग्दो हो, ‘कति पानी पर्न सकेको ?’ ।

तर यो बेठेगानको मौसमसँग रिसाउनेहरुलाई एउटा कुराले खुसी दिलाउन सक्छ र त्यो हो छाता । यदि मनसुनमा घरबाट निस्कँदा छाता बोक्नुभएको छ भने पानी परेको खण्डमा यसले भिज्नबाट त जोगाउँछ नै, पानी नपर्दा जुन प्रचण्ड घाम लाग्छ त्यसबाट पनि राहत दिन्छ ।

यही मनसुनलाई थिम बनाएर ललितपुरस्थित लबिम मलमा विभिन्न रङका छाताहरुलाई डोकोरेशनको रुपमा राखिएको छ । मलभित्र छिर्नेबित्तिकै एउटा ठूलो छाता देख्न सकिन्छ । विभिन्न बत्ती जडान गरेर चम्किलो पारेर राखिएको उक्त ठूलो छाता आकर्षणको केन्द्रमा छ । उक्त छाताको अगाडि उभिएर धेरैले फोटोसमेत खिचाउने गरेका छन् ।
यसका साथै यहाँ रातो, निलो, हरियो, पहेँलो रङ मिसिएका थुप्रै छाता झुण्ड्याइएका छन् । जसले त्यहाँको दृश्य निकै मनमोहक बनाएको छ । उक्त छातालाई पृष्ठभूमी बनाएर कतिले सेल्फी त कतिले फोटो खिचेका छन् । कति भने त्यहाँको माहौल हेरेरै पनि दङ्ग छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण