भक्तपुरमा चोरी र लुटपाटमा संग्लन २ जना पक्राउ
सोमबार, ०९ भदौ २०७६, २२ : १२

भक्तपुर- महानगरीय प्रहरी वृत्त ठिमीले चोरी र लुटपाटमा संग्लन दुई जना युवाहरुलाई पक्राउ गरेको छ । सोमबार प्रहरीले चार दोवाटो ठिमीबाट चोरी गर्ने समूहका नुवाकोट बागेश्वरी गाँउपालिका वडा नम्बर ४ का १९ वर्षका एरिन तामाङ र काभ्रे बनेपा नगरपालिका वडा नम्बर ८ का २४ बर्षीय पञ्च घलानलाई पक्राउ गरेको हो ।
उनीहरुले ठिमीका विभिन्न स्थानमा रहेका मोवाइल सञ्चालकहरु दायाँ बायाँ गएको मौका छोपी मोबाईल तथा पैसाका व्याग चोरी गरेर भाग्य गरेका वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
उनीहरुको साथबाट चोरीका मोवाईल ७ थान, लुटपाट भएका व्याग, नगद १ हजार ७ सय, ए.टि.एम.कार्ड, नागरिकता लगायतका सामानहरुसहित पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऊनको स्वीटर’ का दर्शक भेट्न हल पुगे विपिन
-
किरियापुत्री भवन बनाउन महायज्ञ
-
राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियो : सांसद सिंह
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?