भक्तपुरमा चोरी र लुटपाटमा संग्लन २ जना पक्राउ
सोमबार, ०९ भदौ २०७६, २२ : १२
भक्तपुर- महानगरीय प्रहरी वृत्त ठिमीले चोरी र लुटपाटमा संग्लन दुई जना युवाहरुलाई पक्राउ गरेको छ । सोमबार प्रहरीले चार दोवाटो ठिमीबाट चोरी गर्ने समूहका नुवाकोट बागेश्वरी गाँउपालिका वडा नम्बर ४ का १९ वर्षका एरिन तामाङ र काभ्रे बनेपा नगरपालिका वडा नम्बर ८ का २४ बर्षीय पञ्च घलानलाई पक्राउ गरेको हो ।
उनीहरुले ठिमीका विभिन्न स्थानमा रहेका मोवाइल सञ्चालकहरु दायाँ बायाँ गएको मौका छोपी मोबाईल तथा पैसाका व्याग चोरी गरेर भाग्य गरेका वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
उनीहरुको साथबाट चोरीका मोवाईल ७ थान, लुटपाट भएका व्याग, नगद १ हजार ७ सय, ए.टि.एम.कार्ड, नागरिकता लगायतका सामानहरुसहित पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण