भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा बरामद
मङ्गलबार, १० भदौ २०७६, ०९ : १६
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ ।
मंगलबार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार खिउंजुका अनुसार प्रहरीले शर्ट १७३ पिस, लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट, कुर्था–सुरुवाल २० पिस गरी १ लाख १७ हजार ६ सय बराबरको कपडा फेला पारी आन्तरिक राजस्व कार्यालय विराटनगर पठाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयको प्रतिबद्धतापछि काठमाडौँबाट फर्किए सुस्तावासी
-
कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
-
हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
-
भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभाव
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण