शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा बरामद

मङ्गलबार, १० भदौ २०७६, ०९ : १६
मङ्गलबार, १० भदौ २०७६

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ ।

मंगलबार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद गरेको हो । 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार खिउंजुका अनुसार प्रहरीले शर्ट १७३ पिस, लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट, कुर्था–सुरुवाल २० पिस गरी १ लाख १७ हजार ६ सय बराबरको कपडा फेला पारी आन्तरिक राजस्व कार्यालय विराटनगर पठाईएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप