‘महिला सांसदको भूमिका राम्रो छ, तर बढाउन आवश्यक छ’
काठमाडौं– संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ । संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन मङगलबार यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुलाई इतिहासमा स्मरण हुने गरी भूमिका वृद्धि गर्न आग्रह गरिन् । उनले भनिन्, ‘संसदमा महिला माननीयहरुको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ । यसरी भूमिका निर्वाह गर्नुहोस् कि भोलिका पुस्ताले पनि सम्झिऊन् ।’
संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थाका फरक रहेको बताउ“दै उनले अगामी अधिवेशनबाट महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने योजना बनाउन आग्रह गरिन् । उनले सांसदहरुको महत्वपूर्ण जिम्मेवारी संसदीय गतिविधिमा सहभागी हुने भएको बताउ“दै त्यसमा चुक्न नहुने उल्लेख गरिन् ।
राष्ट्रिसभाकी उपाध्यक्ष शशिकला दाहालले संसदीय अभ्यास पुरानो भए पनि कहिलेका“ही स–साना कमजोरी र प्रस्तुतिमा महिला माननीयहरु चुकिरहेको उल्लेख गरिन् । उनले शून्य समय, विशेष समयका विषय र शैलिलाई अधिकतम प्रयोग र सुधार गर्न पनि आग्रह गरिन् ।
कार्यक्रममा संविधानसभााका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय अभ्यासमा प्रभावकारी भूमिका, नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुन निर्माणको संसदीय चरण र संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले संसदमा प्र्रश्नोत्तर, सैद्धान्तिक र व्यवहारिक पक्षबारे प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण