राप्रपाद्वारा सांगठनिक गतिविधिलाई तीव्रता
काठमाडौं । राप्रपाले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेसँगै सांगठनिक गतिविधिलाई तिव्रता दिएको छ।
सोही क्रममा पार्टीले देशव्यापी प्रशिक्षण संचालन शुरु गरेको छ ।
साउनको अन्तिम साता काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रिय प्रशिक्षकहरु अहिले जिल्लास्तरीय प्रशिक्षणको निमित्त विभिन्न जिल्लामा खटिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले भाद्र महिना भित्र सबै सतहत्तर जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरेको हो ।
प्रशिक्षण बिभागका प्रमुख एबं प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण बर्ष २०७६ को कार्ययोजना, संगठन निर्माण र नेतृत्व विकास, सैद्वान्तिक बैचारिक पक्ष, सकृय सदस्यता बितरण अभियान, केन्द्रिय महाधिवेशनको तयारी र सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइनेछ ।
पाठकका अनुसार भाद्र महिना भित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै असोज महिनामा स्थानीय तहहरुमा प्रशिक्षण संचालन गरिने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली स्वीकृत
-
बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
-
विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
-
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
-
शान्ति सम्झौता ‘सकियो’ : फेरि किन आमनेसामने भए अमेरिका र इरान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण