शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नाडामा ड्याटसन गाडीः यस्ता छन् उपहार योजना

बुधबार, ११ भदौ २०७६, १६ : ३६
बुधबार, ११ भदौ २०७६

काठमाडौं– नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्व तथा नाडा अटो शोको अवसरमा “फेस्टिभ हट डिल” योजना प्रस्तुत गरेको छ । 

नाडा अटो शो तथा दसैं, तिहार जस्ता महान् चाडलाई लक्षित गरी कम्पनीले हालै न्यू गो गाडी बजारमा प्रस्तुत समेत गरेको छ । यो ड्याट्सन गो को नयाँ संस्करण हो । यसमा शक्तिशाली १.२ लिटर इन्जिन, रेयर वाइपर, आर १४ डायमण्ड कट अलो ह्वील, डुअल एयर ब्याग जस्ता थप विशेषता यसमा विद्यमान रहेका छन् । 

‘फेस्टिभ हट डिल’ अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै विशेषताहरुले भरिपूर्ण हट सुविधाहरु प्राप्त गर्न सक्ने छन । नाडा अटो शोमा ड्याटसनको कुनै पनि गाडी बुकिङ गरेमा, उक्त गाडी डेलिभरी गर्दाको बखत ३१ हजार ९ सय ९९ बराबरको एमआई ८ लाइट मोबाइल निःशुल्क दिने कम्पनीले जनाएको छ ।

यसै गरी गाडीका खरिदकर्ताहरु बीच लक्की ड्र पनि हुनेछ । जसमा १० जना जोडीले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् । यसका अतिरिक्त ड्याटसन गाडीको खरिदमा ९९ हजार बराबरको निःशुल्क एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको बिमा, ३ वर्ष सम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष सम्मको सडक कर र १ लाख २५ हजारसम्मको नगद छुट, फेस्टिभ डिस्काउन्ट अन्तर्गत ५० हजारको छुट प्राप्त गर्न सकिने छ । 

साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नेछन् । कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा, बाइ ब्याक अफर जस्ता थुप्रै सुविधाहरु प्राप्त गर्न सकिने छ । यो फेस्टिभ हट डिल अन्तर्गत ड्याट्सन न्यू गोमा ३ लाख ४० हजार ६ सय ४६ तथा ड्याट्सन रेडि गोमा ३ लाख २२ हजार ६ सय ९६ सम्मको लाभ लिन सकिनेछ ।

यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्रि केन्द्रहरु बाट लिन सकिनेछ । आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि डाट्सन गाडीका विशेषताहरु रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप