तीन जना बालकको कपाल मुण्डन गरी गाउँ घुमाउने वडा अध्यक्षले मागे सार्वजनिक रुपमा माफी
रौतहट – कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष राजेश्वरप्रसाद केशरीले जिल्ला प्रहरी कार्यालयमा बुधवार गाँउलेहरुको अगाडि पीडितसँग सार्वजनिक रुपमा माफी मागेका छन् ।
चकलेट चोरेको आरोपमा तीनजना नाबालकलाईकपाल मुण्डन गरी गाँउ घुमाएको समाचार रातोपाटीमा प्रकाशित भएपछि बाध्य भई वडा अध्यक्ष केशरी बुुधवार प्रहरीको रोहवरमा पीडित नाबालकहरुका बुवासँग सार्वजनिक माफी मागेका हुन ।
भदौ २ गते स्थानीय हिरा साहको पसलबाट सोही गाँउका ३ जना नबालकले चकलेट चोरी गरेको आरोपमा वडाअध्यक्ष केशरीले उनीहरुको कपाल मुण्डन गराई गाँउ घुमाएका थिए । प्रहरी कार्यालयमा आज पीडित र पीडक पक्षबीच भएको छलफलमा वडाअध्यक्ष केशरीको तर्फबाट मन्द्रिका साह बनिया, र पीडितहरुको तर्फ पुर्व गाविस उपाध्यक्ष सहिम हवारीको फैसला अनुसार उनले माफी मागेको थिए ।
वडा अध्यक्ष केशरीले गल्ती स्विकार गरी सार्वजनिक रुपले माफी मागे सँगै विवाद साम्य भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित प्रमुख डिएसपी रंजितसिंह राठौरले जानकारी दिए ।
समाचार प्रभाव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
-
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने