जब सलमान खानले आफैंले आफैंलाई कोर्रा हान्न थाले (भिडियो)
शनिबार, १४ भदौ २०७६, १४ : ३५
बलिउड नायक सलमान खान आफ्ना रोचक भिडियो सोसल मिडियामा सेयर गरिरहन्छन् । यतिबेला उनी आफ्नो नयाँ फिल्म ‘दबंग थ्री’ को सुटिङमा व्यस्त छन् र यसैबीच उनले एउटा रोचक भिडियो सोसल मिडियामा सेयर गरेका छन् । यो भिडियोमा सलमानले आफूले आफैंलाई कोर्रा हानिरहेका छन् ।
आफूले आफैंलाई कोर्रा हानिरहेका मानिसहरुलाई सलमानले हेरिरहेको भिडियोमा देख्न सकिन्छ । उनले ती व्यक्तिलाई ‘दुख्छ ?’ भनेर पनि सोध्छन् त्यसपछि उनी आफैंले पनि कोर्रा हान्ने प्रयास गर्छन् । सलमानले भिडियो सेयर गर्ने बेला बच्चाहरुलाई यो आफूमाथि वा अरु कोही व्यक्तिमाथि पनि प्रयास नगर्न सुझाएका छन् । हेर्नुहोस्, सलमानको यो भिडियोः
कामको कुरा गर्नु पर्दा सलमानको पछिल्लो फिल्म ‘भारत’ रिलिज भएको थियो जसमा उनी कट्रिना कैफसँग देखिएका थिए । यो फिल्मलाई निकै रुचाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा