अर्को वर्षको इदमा सलमानको दोहोरो भूमिका रहेको कमेडी फिल्म रिलिज हुने ?
संजय लिला भंसालीले हालै सलमान खानसँग मिलेर ‘इंशाल्लाह’ बनाउने घोषणा गरेका थिए । यससँगै सन् २०२० को इदमा सलमानको कुन चाँही फिल्म रिलिज हुँदै छ भनेर प्रशंसकबीच विभिन्न चर्चा परिचर्चा भइरहेको छ । स्मरण रहोस्, सलमानले पछिल्ला केही वर्षदेखि हरेक इदमा आफ्नो फिल्म रिलिज गर्दै आएका छन् तर अर्को वर्षको इदको विषयमा प्रशंसकबीच भ्रम फैलिएको छ । इंशाल्लाहपछि थुप्रै प्रशंसकले सलमानले अर्को वर्षको इदमा किक टु रिलिज गर्नसक्ने अनुमान गरिरहेका छन् । यद्यपि, यो फिल्मका निर्माता– निर्देशक साजिद नाडियाडवालाले किक टु सन् २०२० मा रिलिज नहुने स्पष्ट पारिसकेका छन् ।
ताजा रिपोर्ट अनुसार अर्को वर्ष ईदको मौकामा सलमानको एउटा कमेडी फिल्म रिलिज हुनसक्छ र यो फिल्मका निर्देशक आनन्द एल रोय हुनसक्छन् । सलमान यो फिल्ममा दोहोरो भूमिकामा देखिने पनि अनुमान गरिएको छ । स्मरण रहोस्, सलमानलाई आनन्द एल रोयले जीरो पनि अफर गरेका थिए तर उनले अस्विकार गरेपछि उक्त भूमिका शाहरुखको खातामा गएको थियो ।
स्रोतका अनुसार यो एक कमेडी फिल्म हुनेछ र यो फिल्मको कहानी उत्तर प्रदेशमा आधारित हुनेछ । फिल्म जुड्वामा झैं सलमानको यो फिल्ममा दोहोरो भूमिका हुनसक्छ । जिरोको गीत इसकबाजीमा शाहरुख र सलमानले सँगै काम गरेका थिए । जब आनन्दलाई सलमानले इंशाल्लाहमा काम गरिरहेका छैनन् भन्ने थाहा भयो तब उनले सलमानलाई आफ्नो उक्त फिल्मको स्क्रिप्ट पठाएका थिए ।
यद्यपि, सलमानले यो फिल्मबारे कुनै आधिकारिक बयान दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण