नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित
शुक्रबार, २० भदौ २०७६, ११ : ०८
काठमाडौँ । अन्डर १९ एसिया कप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएको छ ।
वर्षाले खेल रोकिँदा नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाएको छ ।
रित गौतमले नटआउट रहँदै २८ बलमा २१ रन बनाएका छन् भने रोहितकुमार पौडेल २ रन बनाएर खेलिरहेका छन् ।
नेपालले पवन सर्राफ र महमद आशिफ शेखलाई गुमाएको छ ।
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता बिहीबार देखि श्रीलंकामा सुरु भएको हो ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् ।
नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युएईसँग भदौ २४ गते खेल्नेछ ।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।
नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
-
मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक : उपाध्यक्ष पाण्डे
-
राम्रा योजनालाई निरन्तरता दिन्छौँ : मुख्यमन्त्री महरा
-
झिनो अंकले नेप्से सूचक बृद्धि, ४ अर्ब २३ करोड माथिको कारोबार
-
बजारमा माग बढेपछि जुनेलो र फापर खेती गर्दै किसान
-
अरहान्त, अमिर, बिपना र स्वस्थानी राष्ट्रिय र्याङ्किङ स्क्वासको फाइनलमा