नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित
शुक्रबार, २० भदौ २०७६, ११ : ०८
काठमाडौँ । अन्डर १९ एसिया कप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएको छ ।
वर्षाले खेल रोकिँदा नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाएको छ ।
रित गौतमले नटआउट रहँदै २८ बलमा २१ रन बनाएका छन् भने रोहितकुमार पौडेल २ रन बनाएर खेलिरहेका छन् ।
नेपालले पवन सर्राफ र महमद आशिफ शेखलाई गुमाएको छ ।
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता बिहीबार देखि श्रीलंकामा सुरु भएको हो ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् ।
नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युएईसँग भदौ २४ गते खेल्नेछ ।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।
नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण