शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारको १८ महिना जनताको आशा र अपेक्षामाथि तुषारापात: राणा

शुक्रबार, २० भदौ २०७६, १८ : ०९
शुक्रबार, २० भदौ २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले वर्तमान सरकारले मुलुकको विकास र प्रगतिका लागि केही काम पनि गर्न नसकेको दावी गरेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को हालै सम्पन्न पार्टी केन्द्रिय कार्य समितिको बैठकले सरकारले मुलुकको विकास र प्रगतिका लागि केही काम पनि गर्न नसकेको निष्कर्ष निकालेको हो ।

पार्टी केन्द्रिय कार्य समितिको बैठकले गरेका निर्णय शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दैै अध्यक्ष पशुपतिशमशेर राणाले केपी ओली नेतृत्वको बलियो सरकारले मुलुकको लागि केही पनि गर्न नसकेको निष्कर्ष पार्टी केन्द्रीय कार्य समितिले गरेको बताए ।

उनले सरकारले आफ्नो १८ महिनाको अवधिमा जनताको आशा र अपेक्षामाथि तुषारापात गरेको आरोप पनि लगाए । भ्रष्टाचार व्याप्त हुनु, वाईडबडी विमान काण्ड, बुढीगण्डकी जलविद्युत आयोजना ठेक्का प्रक्रियालगायतका सरकारको राष्ट्र विरोधी क्रियाकलाप मुलुकको हितमा नभएको सो पार्टीको दावी छ ।

पार्टीले हिन्दु राष्ट्र कायमै गर्ने अडान पनि स्पष्ट पारेको छ । त्यसैगरी प्रजातन्त्रसहितको राजसंस्थाको पक्षमा पार्टी रहेको पनि अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए । अध्यक्ष लोहनीले ९२ प्रतिशत ओमकार समुदाय रहेको मुलुकमा हिन्दु राष्ट्र कायमै हुनुपर्ने तर्क पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप