सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति र बङ्गलादेशका मन्त्रीबीच भेटवार्ता

शुक्रबार, २० भदौ २०७६, २२ : ३१
शुक्रबार, २० भदौ २०७६

काठमाडौं-प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र बङ्गलादेशका राज्यमन्त्री डा एमडी इनामोर रहमानलगायतको ११ जनाको उच्च अधिकारीहरुको टोलीबीच भेटवार्ता भएको छ ।  

जङ्गी अड्डामा आज भएको भेटवार्तामा प्रधानसेनापति थापा र मन्त्री रहमानबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । उच्चपदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताबाट दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाइ लिने विश्वास नेपाली सेनाले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप