जयनगर–जनकपुर रेलः सञ्चालनमा बाढी तगारो
आइतबार, २२ भदौ २०७६, ०७ : ०१
निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या भएको हो ।
पछिल्लो समय सरकारले उच्च प्राथमिकता दिएर जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर लिक बिछ्याउने काम सेकेको थियो । रेलवे विभाग जनकपुर कार्यालयका साइट इन्जिनियर विनोद ओझाले बाढीले लिकमा क्षति पुर्याएका कारण तत्काल सेवा सञ्चालन नहुने जानकारी दिए ।
रेल चलाउन विभागले ८५ करोड रुपैयाँमा दुई आधुनिक रेल खरिद गर्दैछ । भारतको कोणर्कोन रेल्वे कर्पोरेसनसँग सम्झौता गरी आगामी कार्तिकबाट रेल चलाउने लक्ष्य सरकारको छ । यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण