प्रिमियर लिगः बर्नमाउथ तेस्रो स्थानमा
एजेन्सी । बर्नमाउथ इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–१ गोलले हराउँदै बर्नमाउथ तेस्रो स्थानमा उक्लिएको हो ।
साउथह्याम्पटनको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बर्नमाउथलाई जिताउन नाथन एके, ह्यारी विल्सन र कलुम विल्सनले गोल गरे ।
साउथह्याम्टनका जेम्स वार्डले सान्त्वना गोल फर्काएका थिए । १९औँ मिनेटमा नाथन एकेले गोलगर्दै बर्नमाउथको अग्रता दिलाए । ३५औँ मिनेटमा ह्यारी विल्सनले गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए ।
५३औँ मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्यामटनलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि इन्जुरी समयमा कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई फराकिलो जित दिलाए ।
जितसँगै बर्नमाउथ तेस्रो स्थानमा उक्लिएको छ ।
बर्नमाउथले ६ खेलबाट १० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पाँच खेलबाट १० अंक छ । शीर्ष स्थानमा हरेको लिभरपुलको १५ अंक छ । साउथह्याम्पटन सात अंकसहित ११औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा