शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रलाई निरंकुशताबाट हैन अराजकताबाट खतरा छ  : प्रभु साह

आइतबार, १९ असोज २०७६, १७ : ५६
आइतबार, १९ असोज २०७६

संजय

रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले लोकतन्त्रलाई निरंकुशताबाट नभइ अराजकताबाट खतरा भएको बताएका छन् ।

दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको गुजरा नगरपालिका–२, मैढामा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले संघीय गणतन्त्रात्मक व्यवस्थाविरुद्ध षड्यन्त्र गरेर अराजक तत्त्वहरु सल्बलाएको टिप्पणी गरेका हुन् ।

‘हिजो देशमा एउटा राजा हुन्थ्यो जसले शासन सत्तालगायत सम्पूर्ण शक्ति आफुसंग राख्ने गर्दथ्यो । त्यो राजतन्त्र निरंकुश शासन थियो,’ उनले भने, ‘ त्यति बेला त्यही निरंकुशताबाट मुलुक र लोकतन्त्रलाई खतरा थियो । अहिले लामो संघर्षपछि प्राप्त यो व्यवस्थालाई अराजकताबाट खतरा छ न कि सकिएर गइसकेको निरंकुशताबाट ।’

केही दलले अफवाह फैलाइरहेको बताउँदै साहले निरंकुशतासँग जोडेर कम्युनिष्टलाई गलत देखाउने त्यस्ता तत्त्वहरु वास्तवमा अराजक कार्यमा संलग्न रहेको र तिनैबाट लोकतन्त्रको लागि खतरा भएको जिकिर गरे ।

अध्यक्ष साहले समृद्धिको बाटोमा अग्रसर सरकारलाई बदनाम गर्न प्रतिगामी तत्त्वहरुले आफूले गरेको गलत काम वर्तमान सरकारको नाममा थुपार्न षड्यन्त्र गरेको बताए ।

अध्यक्ष साहले सरकारविरुद्ध गरिएको गलत प्रचारको पछि नलाग्न तथा यथार्थबारे आफैले मनन गर्न सबैलाई आग्रह गरे । उनले भने, “केही मान्छे तपाईंको बीचमा आएर भनिरहेका छन् कि यो सरकारले केही गर्न सकेन, भ्रष्टाचार गरिरहेको छ, महिला हिंसा बढाएको छ । त्यस्ता व्यक्ति र तीनका दलहरुले हिजो पनि त्यही भनेको थियो ।  हिजो तिनीहरुले भने कि देशमा कम्युनिष्ट आउदा मठ मन्दिर फुटाउछ, धर्म मान्न दिँदैन तर तपाईंहरु स्वयम् साक्षी हुनुहुन्छ त्यस्तो केही भएन ।’

उनले थपे, ‘प्रचण्ड भन्ने मान्छे नै छैन, पारस नै प्रचण्ड हो भन्ने मान्छेहरु पनि तिनै हुन् । महान जनयुद्धको कमान्डर कमरेड प्रचण्ड हुनुहुन्छ भन्ने कुराले तिनीहरुको झुट फेरि पनि सार्वजनिक भयो ।’

त्यस्तै आज सरकारबारे जे गलत प्रचार हँुदैछ त्यो हिजोको जस्तै उनीहरुको फन्डा रहेको साहले दाबी गरे । ‘म आग्रह गर्न चाहन्छु त्यस्ता हल्लाको पछाडी तपाईंहरु जस्तो बौद्धिक जनता नलाग्नुहोस्,’ उनले भने ।

  “हिजो देशमा तस्करी थियो, सार्वजनिक जनिम व्यक्तिको नाममा रजिस्टर हुन्थ्यो । ओली सरकारले त तस्करी रोकिरहेको छ ।

‘आज सरकारले ती जग्गाहरु फिर्ता गराउदैछ र त्यो देखेर प्रतिक्रियावादीहरु आत्तिएका हुन्,’ साहले भने ।

कार्यक्रममा संघीय सांसद समिना हुसैन, प्रदेश सांसद कुन्दन कुश्वाहा मौलापुर नगरप्रमुख रिना कुमारी साह लगायतकाले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप