केन्द्रीय संस्करण
दसैँ विशेष

नयाँ लुगा र मासु खान दसैँ नै कुर्नुपर्थ्यो

person explore access_timeअसोज २२, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

इन्द्रचोक श्री आकाश भैरव गुठीका अध्यक्ष तथा इन्द्रजात्रा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष ७२ वर्षीय शरदकुमार डङ्गोलसँग दसैँका बारेमा गरेको कुराकानी :

असन बजारमा दसैँका लागि किनमेल गर्नेहरूको चापका कारण ओहोरदोहोर गर्न गाह्रो पर्छ । असनका साँघुरा गल्लीमा घचेटाघचेट अनि ठेलमठेल गर्दै पसलहरूमा छिर्ने गर्छन् ग्राहकहरू । यहाँ प्रायः उपत्यकाका सबै ठाउँबाट दसैँका लागि मालसामान किन्नेको  भीड लाग्छ । असनका कोप्चेरा गल्लीमा रहेका पसलमा समान किनबेच गर्नेको अत्यधिक चाप हुन्छ । असनमा फूलपाती पछाडि भने मनिसको भीड कम हुँदै जन्छ । असन बजारमा दसैँको बेलामा भने त्यस्तो भीड लाग्ने थिएन । असन बजारमा किनबेच गर्ने मान्छे आउँथे तर दसैँको समयमा अहिलेको जस्तो भीड लाग्थेन ।

  दसैँ बजार भनेर ठाउँठाउँ हाटबजार खुलेको खुल्थे । जनसेवाभित्र दसैँ बजार खोलिन्थ्यो । रत्नपार्क, टुँडिखेलमा दसैँ बजार लाग्थ्यो । दसैँ बजारमा सस्तो लुगाकपडा, रासन पाइने हुँदा मानिसको ठूलो भीड लाग्थ्यो । दसैँ बजारमा पुराना स्टकहरू ल्याएर पनि राख्थे । सबैलाई सस्तो मालसामान पाएपछि खुसीको सीमा नै हुने थिएन । असनका पसलमा भन्दा दसैँ बजारमा सास्तो पाइन्थ्यो । एकाबिहानैदेखि राति १०, ११ बजेसम्म मानिसको भीड लाग्ने हुँदा बाच्चाहरू हराउँछन् भनेर घरबाट दसैँ बजारमा हेर्न जान्छु भन्दा नजा भन्थे ।

देवीको शक्तिपीठमा पूजा गर्ने चलन ओझेलमा पर्दैछ 

घटस्थापनाका दिनदेखि शक्तिपीठहरूमा प्रत्येक दिन पूजा गर्न टोलवासी मिलेर जान्थ्याँै । बिहान ३ बजे उठेर बाजा बजाउनेलाई उठाउन जान्थे । समयबजी त्यही दिन नै पर्नेहुँदा आमाहरू सधैँ राति २, ३ बजे उठ्नुहुन्थ्यो । बाजासँगै प्रत्येक घरबाट समयबजी लिएर फरक फरक देवीका शक्तिपीठहरूमा पूजा गर्न जाने चलन थियो । नौ दिनसम्म पूजा गर्ने अनि सबै टोलवासी भेला भएर समयबजी खाने चलन थियो । पछिल्लो समयमा स्थानीय बासिन्दा सामूहिकरूपमा ९ वटा शक्तिपटिहरूमा पुजा गर्ने चलन बिस्तारै हराउदैँ गयो । परम्परागत रूपमा मान्दै भएको संस्कार संस्कृतिहरू हराउँदै गयो ।

देवीका नाममा बलि चढाउने चलन कम हुँदै 

दसैँमा मन्दिरहरूमा पूजा गर्दा प्र्र्रत्येक घरबाट बोका, हाँस, कुखरा र राँगोलाई बलि दिने चलन थियो । मन्दिरमा बलि चढाउँदा पशुपन्छीलाई मार हन्दा हात दुःखेर पालोपालो गथ्यौँ । अहिले प्रायः  मन्दिरमा देवताको थानमा मारकाट गर्न हुँदैन भन्छन् । मन्दिरमा पूजा गर्ने क्रममा बलि दिएर पूजा गर्ने मानिसलाई दिनभरि कुरेर बस्नुपर्छ । पहिला पहिला बिहान चार बजेदेखि मन्दिरमा बली चढाउनेको भीड लाग्ने थियो । पूजा गर्न लाइन लागेर बस्नुपथ्र्यो । घटस्थापनापछि दसैँसम्म मुस्किलले १२, १३ वटा पशुपन्छीको बली चढाउँछन् । मन्दिरमा बली चढाउन हुँदैन भन्ने कुरामा सहमत छु । तर मासु खान नछाड्ने अनि मन्दिरमा बलि चढाउन हुँदैन भन्न पाइँदैन ।

कि सबैले मासु खान छाड्नुपर्छ अनि भगवानको नाममा बलि चढाउन पनि छाड्नुपर्छ । अहिले घरघरमा बाहिरबाट किनेर खाने चलन बढेको छ । मुख्य मुख्य देवीका शक्तिपीठहरूमा सरकारका तर्फबाट सेनाका प्रमुख अन्य निकायका प्रमुखहरूले पूजा अनि बलि चढाउँछन् । शक्तिपीठहरूमा सरकारीका तर्फबाट पूजा गर्ने हुुँदा बजेट निकासा गरिन्छ ।

त्यसैँले दसैँमा देवीका भिन्नभिन्न मन्दिरमा राँगो, बोका, हास, कुखुरा र परेवा जस्ता पशुपन्छीको बलि दिइन्छ । विगतमा जस्तो देवीका मन्दिरमा बलि दिनेहरूको सङ्ख्या न्यून छ । मानिसहरूले पशुपन्छीहरूको बलि प्रथा हटाउन पर्छ भन्न, त्यो ठीक हो तर बलि दिएको र नदिएकामा धेरै अन्तर हुन्छ । उनको अनुभवमा पहिला बलिदिँदा सवारी दुर्घटना कम भएको र अहिले बली नदिँदा बढेको छ । देवीदेवतालाई बलि नदिँदा दुर्घटनामा धेरै मानिसको मृत्यु भएको उनको बुझाइ छ ।

पिङ र चङ्गाका कुरा

असन क्षेत्रलगायत अन्य खाली ठाउँमा पिङ राख्थे । लगन, तुमवाल र धेरै ठाउँहरू खालीमा टोलटोलले पिङ राख्ने चलन थियो । टोलटोलले पिङको व्यवस्थापन गथ्र्यो । केटाकेटी हुँदा पिङ खेल्नका लागि लाइन लागेर बस्थ्यौँ अनि साना केटाकेटी पिङबाट लड्छौँ भन्दै ठूला दिदीदाइहरूले खेल्न दिन्थेन । त्यस पछाडि अर्को टोल पिङ खेल्न जान्थ्यौँ, त्यहाँ पनि पालो आएन भने खोलाको छेउछेउमा पनि पिङ हुन्थ्यो । साथीसँग त्यहीँ पुग्थ्यौँ । दसैँमा राखिएको पिङ तिहारसम्म राख्ने हुनाले खुसी र रमाइलोको बयान गरेर साध्य छैन ।

 चङ्गा उडाउन बच्चादेखि पाका मान्छेहरू घरको छत, खाली ठाउँ टुडिखेलमा भीड लाग्थ्यो । पिङ र चङ्गाका लागि काठमाडौँ भक्तपुर र ललितपुरका विभिन्न स्थानहरूमा साथीहरूसँग मज्जा अनि आनन्द नै बेग्लै हुन्थ्यो । बच्चा हुँदा चङ्गा उडाउने चलन धेरै थियो । मैले उडाउने थिइनँ । घरको माथिबाट हेरेर बस्ने थिए । धागो काटेको चङ्गाहरूले लिने पनि गर्थे । नाङ्गो तारमा चङ्गा अड्किँदा लिन जाने क्रममा दुर्घटना भएको धेरै देखेका कारण चङ्गा उडाउने रहर भए पनि डराएर उडाइनँ ।

पहिला जस्तो काठमाडौँमा चङ्गा उडाउने चलन छैन । चङ्गा चेट भनेर चोभार, टुँडिखेल लगायतका स्थानहरूमा कार्यक्रमको आयोजना गरिन्छ । चाडपर्वमा उडाउने चङ्गाचेटलाई बिजनेस भयो । पहिला टोलटोलका साथी मिलेर रमाइलो गथ्र्यौं । अहिले त्यस्तो छैन । दसैँ आउँदा टीका लगाए २५ पैसा, ५० पैसा पाउँदा, पिङ र चङ्गामा रमाउँदाको त्यो क्षण शब्दमा प्रकट गरेर सक्दिनँ । 

 बाच्चाका बेलामा केहिले दसैँ आउला कहिले दसैँ आउला भन्ने हुन्थ्यो । आजकलका साना नानी बाबुहरूलाई दिनहुँ दसैँ जस्तै छ । दसैँ आए   नआए पनि केही फरक छैन । जस्तै किनभने नयाँ लुगाका लागि दसैँ कुर्नुपर्ने थियो । दसैँका लागि बाआमाले नयाँ लुगा, माछा मासुका लागि ऋणधन गरेर जोहो गर्थें । त्यसैले दसैँका लागि नयाँ लुगा लगाउन मीठो मसिनो खान दसैँ छिटो छिटो आइएहुन्थ्यो जस्तो लाग्थ्यो । आजकलका दिनहुँजसो माछा मासु अण्डा खानामा हुन्छ । मन परेका नयाँ लुगा खेलाउनाहरूको अभाव हुँदैन । दसैँका बेलमा पूजा गरेर कुखुरा, बोका, हाँस, राँगा र परेवालाई बली दिएर खान पाइन्थ्यो । पिङ खेल्न चङ्गा उडाउन दसैँ कुर्नपथ्र्यो । आजभोलि पिङ र चङ्गा जुनसुकै समयमा खेल्न पाइन्छ ।

बाल्यकालको टीका

टीका लगाएर २५ पैसा पाउँदा खुसीको वर्णन गरेर नै साध्य हुन्थेन । टीका लगाएर पैसा पाउने हुँदा दसैँ छिटो छिटो आइदिए पनि हुन्थ्यो भन्ने लाग्यो । टीका लगाउँदा अरूलाई कति पैसा दिए ? मलाई कति दिए ? भन्नेमै ध्यान बढी जान्थ्यो । टीका लगाएर पचास पैसा, २५ पैसा पाउँदा खुसीको धेरै दिनसम्म दसैँ याद बनेर आउँथ्यो । बाल्यकालमा दसैँको महत्त्व हामीलाई जति हुन्थ्यो, आजकालका केटाकेटीलाई हुँदैन । पैसा पाउने र मीठो खाने लोभमा आफन्तका घरमा टीका लगाउन छुटाउने चलन थिएन । अहिले बच्चाहरू घरमा टीका लगाएर आमा बाबासँगै टीका तथा आशीर्वाद थाप्न जान खोज्दैन किन भने पैसा मीठो खाना नाना अभिभावकले दुःख गरेर भए पनि जुटाइदिन्छन् । त्यसैले अभावको महसुस गर्न पाएको छैन । दसैँमा बाच्चाहरूको रमझम छुट्टै हुन्छ । आफन्तकामा आशीर्वाद थाप्न जानुभन्दा साथीकामा जाँदा रमाउँछन् ।

दसैँमा सुनसान

घटस्थापनादेखि काठमाडौँमा मानिसको चाप घट्दै जान्छ । तर असन क्षेत्रमा भने फूलपातीदेखि मालसामान किन्न आउनेहरूको सङ्ख्या कम हुँदै जान्छ । अष्टमीदेखि यो यरिया सुनसान जस्तै हुनथाल्छ ।

सुनसानसँगै पाया आउने गर्छ । आउने भनेको हातमा खड्ग बोकेर काठमाडौँका विभिन्न टोलटोल हिँड्ने गर्छन् । आ–आफ्नो गुठी तथा घरघरबाट  पाया निकालिन्छ । पाया आउँदा छुट्टै खालको रमाइलो हुन्छ । लस्करै लागेर खड्ग बोकेर हिँड्छन् । त्यो हेर्न छुट्टै आनन्द आउँछ । बाटोमा पाया हिँड्दा अवरोध गरेमा हिर्काउन सक्छन् । त्यसैले उनीहरूसँग डर मान्नुपर्छ । यहाँ स्थानीय मान्छे मात्रै हुन्छन् । राजधानी बाहिरका मान्छे बाध्यतामा परेका मात्रै यहाँ बस्छन्, नत्र सबैजना गाउँघर नै जान्छन् । असन लगायत उपत्यकाभरि मान्छेको चहलपहल शून्य जस्तै हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...