उपमेयरलाई सडेको चाउमीन !
बर्दिवास – महोत्तरीको बर्दिवासमास्थित होटल शिशमहलमा शुक्रकबार बर्दिवस नगरपालिकाकी उपमेयर कृष्णमाया गौतमलाई खान दिएको चाउमीन सडेको भेटिएको छ ।
नगर बाल संजालद्वारा आयोजित बालिका संरक्षण सम्वन्धी साझा सम्वाद कार्यक्रममा उक्त हटोलले सडेको चाउमीन दिएको उपमेयर गौतमले बताइन् । सडेको चाउमीन खाजा दिएपछि नखाई उपमेयरलगायत कार्यक्रममा सहभागी बाहिरिएका थिए ।
उपमेयरको संयोजकत्वमा नगरपालिकाले चाड पर्वलाई लक्षित गरि बजार अनुगमन गरे पनि त्यसको प्रभावकारिता खासै नदेखिएको घटनाले पुष्टि गर्दछ । घटनाको विषयमा सत्य तथ्य छानबिन गरी दोषीलाई ३ दिनभित्र कडा कारवाही गरिने बताइन् ।
यसैगरि अखाद्य वस्तु विक्री गर्ने हाटल शिशमहलका संचालक दिपेन्द्र पराजुली राष्ट्रिय उपभोक्ता मंन्च महोत्तरीका अध्यक्ष हुन् । उनी बर्दिवास नगरपालिकाको बजार अनुगमन समितीका सदस्य पदमा समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित