शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सीलाई राप्रपा संयुक्तको अभिवादन

शुक्रबार, २४ असोज २०७६, १९ : २३
शुक्रबार, २४ असोज २०७६

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबाट दुई देशबीचको युगौ पुरानो मैत्रिपूर्ण सम्बन्ध बदलिदो विश्व परिवेश अनुरुप थप मजबुत र मैत्रिपुर्ण हुने विश्वाश व्यक्त गरेको छ । 

राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुवै छिमेकीले संवेदनशीलतालाई भावनात्मक एवं वस्तुगत रुपमा बुझेको र त्यसैअनुरुप व्यवहार गरेको उल्लेख गरेका छन् ।

‘नेपाल र नेपालीका विशिष्ट पाहुना चिनियाँ राष्ट्रपतिको यस भ्रमणले दक्षिण एशियामा सथायित्व, शान्ति र विकास थप सहयोग पुग्ने अपेक्षा गर्दै सीको नेपाल भ्रमण सफल हुनेमा राप्रपा संयुक्त विश्वास व्यक्त गर्दछ’ राप्रपा संयुक्तको विज्ञप्तिमा उल्लेख छ । 
राप्रपाले नेपाल चीनबीचको सम्बन्धले थप उचाई प्रदान गर्ने भन्दै सीको नेपाल भ्रमण सफलताको कामनासहित अभिवादन गरेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप