शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय मानवअधिकार आयोगको तथ्याँक : २ हजार ३ सय बालबालिका बेपत्ता

मङ्गलबार, ०३ मङ्सिर २०७६, १९ : ३६
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा बालअधिकार हनन्का घटना बढदै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन् । उनले हाल २ हजार ३ सय ३० जना बालबालिका हराइरहेको उल्लेख गर्दै उनीहरुको अवस्थाबारे सरकार समेत बेखवर रहेको स्पष्ट पारिन् ।

‘नेपालमा हाल २ हजार ३ सय ३० जना बालबालिका हराइरहेको हाम्रो अध्ययनले देखाएको छ,’ मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘तर यसबारे सरकार पूरै बेखवर छ ।’ यसबारे गैरसरकारी संस्थाहरुले पनि वास्ता नगरेको आयोगको निष्कर्ष छ । 

आयोगले बालअधिकार हनन्को घटना हुन नदिन अर्बौैको डलर देश भित्रयाएको सरकार उनीहरुको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको टिप्पणी पनि गरेको छ । आयोगकी प्रवक्ता अन्सारीले सरकारसँग बाल अधिकार हनन्का घटनाबारे कुनै जानकारी नै नभएको पनि बताइन् ।

कार्यक्रममा बालअधिकारको हनन् कसरी हुने गर्छ र किन भयो भन्ने बारेमा कुनै निकायहरुसँग आधिकारिक तथ्याँक नभएको सहभागीहरुको भनाइ थियो । बालअधिकारका सवालमा नेपालको संविधानमा उल्लेख गरिएको प्रावधान दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट भएपनि कार्यान्वन गर्ने पाटो फितलो भएको अन्सारीले बताइन् ।

बालबालिका हराउनेक्रम प्रत्येक वर्ष बढिरहेको समेत उनको दाबी थियो ।  ‘ती हराएका बालबालिका कहाँ र कुन अवस्थामा छन्, कसैलाई थाहा छैन,’ उनले भनिन्, ‘हराएर भेटिएका बालबालिका कुन अवस्थामा थिए, कसरी फिर्ता भए भन्ने विवरणसमेत उल्लेख छैन ।’

संविधानमा उल्लेख भएको कुरालाई विरोध गर्दै बालकालिकाले १८ वर्षमा विवाह गर्न पाउनुपर्छ भनेर उनीहरुका अभिभावकलाई सडकमा ल्याउने काम पनि राजनीतिक दलले गरेको उनको भनाइ छ । सरकार बालबालिकामाथि कुन अवस्थामा जोखिम आइपर्छ भन्ने विषयमा जनतालाई बुझाउन चुकेको उनको आरोप थियो ।

‘नेतृत्व तहमा रहने केही मानिसको मानसिकता परिवर्तन हुन आवश्यक छ,’ उनले भनिन्, ‘अभिभावक तथा सरकारले बालबालिकामाथि गरेको लगानी खेर जाँदैन ।’ बालबालिकाको अधिकार हनन् भएको अवस्थामा उजुरी दिने परिपार्टी बसाल्न आवश्यक भएको उनको भनाइ थियो  । राष्ट्रिय मानवअधिकार आयोगमा पनि बालबालिकाको उजुरी कम आउने गरेको उनको दाबी थियो । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप