शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

मङ्गलबार, १७ मङ्सिर २०७६, १८ : १३
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं । सरकारले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्रालयले ५ जिल्लाका  प्रमुख जिल्ला अधिकारी हेरफेर गर्ने निर्णय गरेको हो । 

गृहमन्त्रालयका अनुसार भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका छन् भने पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन सरुवा भएका छन् । त्यस्तै चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् भने गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुर पुगेकी छिन् । 

त्यस्तै अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् भने लमजुङका सीडीओ डा.डिजन भट्टराई अध्यागमन विभागमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप