शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुटिङ : १० मिटर एयर राइफल र ५० मिटर राइफलमा भारतलाई स्वर्ण

बिहीबार, १९ मङ्सिर २०७६, १८ : ५०
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङमा भारतले आफ्नो दबदवा कायमै राखेको छ । सातदोवाटोस्थित सुटिङ रेञ्जमा विहीबार भएको १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ ।

भारतका पंकज कुमारले २४९.२ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै किरण अंकुश जाधवले रजत पदक जिते । उनले २४८.७ अंक स्कोर गरेका थिए । यसैगरी २२८.० अंकका साथ बंगलादेशका अब्दुल बकीले कास्यक पदक जित्न सफल भए । पाकिस्तानका अदिल गुफ्रिन २०६.१ अंकसहित चौथो स्थानमा रहँदा भारतका एस बद्र्धान १८५.७ अंकसहित पाँचौं स्थानमा थिए । यस्तै पाकिस्तानका फरिद जिहान उल साकिर १६४.४ अंकसहित छैटौं स्थानमा रहँदा बंगलादेशका मोहम्मद रोवुल इस्लाम  १४१.३ अंक सहित सातौं स्थानमा रहे । अन्तिम आठमा भने श्रीलंकाका विरन्था के।वाई।के ११६.५ अंकका साथ रहेका थिए ।

व्यक्तितग प्रदर्शनका आधारमा नेपालका अर्नव घिमिरे छनोट चरणको १४ औं स्थानमा थिए । उनले ५८६.७ अंक बनाएका थिए । १५ औं स्थानमा ५८६.६ अंकसहित हरिबहादुर थापा रहेका थिए भने अर्का नेपाली खेलाडी कुमार कार्की ५७०.५ अंकसहित १७ औं स्थानमा रहँदै छनोट चरणको यात्रा पार गर्न सकेनन् ।

यस्तै टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जितेको छ । भारतका यस बद्र्धन, किरण अंकुस जाधव  पंकज कुमारको समूहले १८७५.८ अंकसहित स्वर्ण पदक जितेका हुन् । यस इभेन्टसमा रजत पदक भने पाकिस्तानले जितेको छ । पाकिस्तानका लटिफ अक्वि, फरिद जिहान उल सकिर र अदिल गुफ्रनको जोडीले रजत पदक जितेको हो । उनीहरुले १८४६.४ अंक जोडेका थिए । यस्तै कास्य पदक भने बंगलादेशले जितेको छ । बंगलादेशका मुन्ना मोहम्मद रवि हसन, मोहम्मद रुवेल इस्लाम र अव्दुल्लाह बकीको जोडीले कास्य जितेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप