केन्द्रीय संस्करण

बीबीसीका महानिर्देशकले ६ महिनापछि जिम्मेवारी छोड्ने

person explore access_timeमाघ ६, २०७६ chat_bubble_outline0

एजेन्सी । विश्वप्रसिद्ध बेलायती समाचार संस्था बीबीसीका महानिर्देशक टोनी हलले आगामी ६ महिनाभित्र राजिनामा दिने सोमबार त्यहाँ कार्यरत कर्मचारीहरूलाई बताएका छन् । 

पछिल्लो समय बीबीसीमा समान तलब र यसको वित्तीय व्यवस्थापनमाथि न्यायाधिकरणले प्रश्न उठाउँदै गरेको आदेशपछि तनाबमा रहेको अनुमानहरू गरिएका थिए ।

बीबीसीका कर्मचारीहरूलाई सामुहिक इमेल सन्देश लेख्दै उनले भने, ‘मैले यस संस्थाका लागि सक्ने सबै कुरा आगामी ६ महिनामा दिनेछु तर ग्रीष्म ऋतु पहिले मैले महानिर्देशकबाट हट्नेछु ।’

उनले लेखेका छन्, ‘यदि मैले मेरो मनलाई खुलारूपले सोधेँ भने मैले छोड्ने निर्णय गर्न चाहने छैन । तरपनि मलाई विश्वास के छ भने नेतृत्वको महत्वपूर्ण काम संस्थाको हितलाई पहिला राख्नुपर्छ ।’

हलले सन् २०१३ मा तत्कालिन कार्यक्रम प्रस्तोता जिम्मी साभिलमाथि बेलायतको बहुचर्चित बाल यौन दुब्यवहारको आरोप लागेपछि विश्वको सबैभन्दा ठूलो प्रशारण संस्थाको ख्यातिलाई स्थापित गरिराख्ने जिम्मेवारीसहित कार्यभार सम्हाल्हेका थिए ।

गत हप्ता समान–पारिश्रमिकका लागि न्यायाधिकरणको अप्रत्याशित आदेशका कारण आर्थिक सङ्कटमा परेको संस्थाबाट उहाँ पछि हट्ने निर्णय आएको छ । रोजगार न्यायाधिकरणको निर्देशनलाई मान्ने हो भने लाखौँ पाउण्ड बराबरको मूल्य चुकाउनुपर्छ, र लाइसेन्स शुल्कका लागि सरकारसँग सङ्घर्ष गर्नुपर्छ । 

बीबीसीका महिला प्रस्तोता न्यायाधिकरणले समिरा अहमदले आफूलाई पारिश्रमिकमा आफूसरह कार्यक्रम सञ्चालन गर्ने जेरमी भाइनको भन्दा छ गुणा कम पारिश्रमिक दिएको र ज्यालामा विभेद गरेको उजूरीका आधारमा रोजगार न्यायाधिकरणले नयाँ निर्देशन दिएको थियो । 

बीबीसीमाथि नयाँ प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट निर्वाचनका समय पूर्वाग्रही बनेको आरोप लागेपछि दवाब परिरहेको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...