शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो डिभिजन टोलीसँग एथ्लेटिको स्तब्ध

शुक्रबार, १० माघ २०७६, ०७ : ४२
शुक्रबार, १० माघ २०७६

स्पेनिस ला लिगाको उपाधि दाबेदार एथ्लेटिको म्याड्रिड कोपा डेल रेमा तेस्रो डिभिजन टोली कल्चरल लियोनेसासँग स्तब्ध बनेको छ ।

बिहीबार राति भएको खेलमा अतिरिक्त समयमा सम्हालिन नसक्दा एथ्लेटिको २–१ ले पराजित हुन पुग्यो । खेलको  १ सय ८ औँ मिनेटमा सर्जियो बेनिटोले गोल गर्दै लियोनेसालाई ऐतिहासिक जित दिलाए ।

यसअघि, पहिलो हाफ बराबरीमा सकिएपछि खेलको दोस्रो हाफमा एथ्लेटिकोका स्ट्राइकल एन्जल कोरेयाले ६२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, ८३ औँ मिनेटमा जुलेन कास्टानेडाले खेल बराबरी गरेका थिए ।

प्रतियोगितामा तल्लो डिभिजनको टोलीसँग एथ्लेटिको पराजित भएको सन् २०११ पछि पहिलो पटक हो । एथ्लेटिकोको बी टीम अहिले कल्चरल लियोनेसासँगै तेस्रो डिभिजनमा खेल्छ ।

हाल लिगको तेस्रो स्थानमा रहेको एथ्लेटिकोको यो लगातार तेस्रो हार हो । यसअघि, स्पेनिस सुपरकपको फाइनलमा रियल म्याड्रिडसँग पराजित भएको एथ्लेटिको शनिबार लिगमा इबारसँग हार्न पुगेको थियो ।

हारसँगै एथ्लेटिको प्रतियोगिताबाट बाहिरएको छ भने लियोनेसा प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार भएका अन्य खेलमा सेल्टाभिगो र इबार पनि आफूभन्दा तल्लो डिभिजन टोलीसँग स्तब्ध बनेको छ । मिरान्डेसले सेल्टाभियोलाई २–१ ले हरायो भने इबार सीडी बाडाजोजसँग ३–१ ले स्तब्ध बन्यो । लेगानेसले इब्रोलाई १–० ले हराउँदा रायो भायोकानोले रियल बेटिसलाई पेनाल्टीमा हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप